वर्षमा एक दिन स्वाङ सिउरेर
“टोपी दिवस” मनाउँछौँ हामी,
पेन्टमाथि इगो बेरेर
“धोती दिवस” पनि कराउँछौँ हामी।
दर्शकले उधुम मजा मानेको ठानेर
आफ्नै छालासमेत काढेर गज्जब रमिता गराउँछौँ।
जाबो एउटा औँठीका लागि
सिङ्गो डुँडुलो चढाउँछौँ,
नाथे एउटा मालाका लागि
आफ्नै गर्दन लडाउँछौँ।
हामी भूपीका बुद्धू बहादुर,
हामी गणेशमानका भेडा,
हामी छिमेकीका छौँडा।
आफ्नै मात्र शुभलाभ ताकेर
गौँडा–गौँडा ढुकिरहन्छौँ।
आफ्ना रीतिरिवाज र संस्कारलाई
रुढीवादी र फजुल सम्झन्छौँ,
अर्काको विसंगति, विकृति र विकारलाई
अत्यावश्यक र भिटामिन ठान्छौँ।
हामी अर्कैको कट्टु, अर्कैको ईंजार,
हामी अर्कैको दर्जी, अर्कैको मिजार।
हामी अर्कैका भक्त र दानी पनि छौँ,
र त आफ्नै टाउको काटेर
मालिकलाई मुकुट लाइदिन्छौँ।
हामी अचाक्ली अनुशासित र ज्ञानी पनि छौँ,
र त आफ्नै लगौंटी खोलेर
नाङ्गो बादशाहको स्वागतमा
तोरण फहराइदिन्छौँ।
सप्तरी, हाल: काठमाडौं
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।