❛❛
सायद मेरी आमा
सत्यसँग कहिल्यै डराइनन्,
तर सत्य बोल्दा-बोल्दै
आएका परिणामसँग भने
अझै डराउँछिन्।
मेरा आँखाले
उनको जिन्दगीको यात्रा
आदि मात्रै देखे,
सम्झिन्छु, कुनै पनि परिस्थितिसँग
उनी कहिल्यै डराइनन्।
तर मेरी आमा
ती डरलाग्दा परिस्थिति ल्याउने
समयसँग भने अझै डराउँछिन्।
मैले बुझेसम्म,
भाग्य लेख्ने भगवान्सँग
उनीले गुनासो कहिल्यै गरिनन्,
तर उनको भाग्यमा के थियो कुन्नि,
उनको अनुहारमा खुशी भने अझै देख्दिनँ।
मलाई,
जिन्दगीमा केही थान दुःख घटाउनु छ,
मेरी आमाका आँखामा खुशी झल्किने
उपहार अब पठाउनु छ।
त्यसैले, मैले यथार्थलाई चिन्नै पर्छ।
मेरी आमाले दिएको शिक्षा यही थियो –
परिस्थिति जस्तोसुकै होस्,
सत्य अँगालेरै हिँड्नुपर्छ।
आत्तिएर दुःखी हुनुभन्दा
समयलाई चिन्नुपर्छ।
मैले देखेकी मेरी आमा
सत्यसँग कहिल्यै डराइनन्,
दुःख पर्दा आँसु पुछिन्,
कहिल्यै कराइनन्।
धनगढी, कैलाली
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।