पञ्चचामर छन्द
मनै झनै उदास भो, वसन्तको वहार खै
खुशी गए हराउँदै, समस्त ती पियार खै
न दिग्दिगन्त भो खुशी, न आज साथ छौ तिमी
अमूर्त प्रेम आज भो, भुली कहाँ गयौ तिमी
।१।
घमण्डले उचालियौ, र हेय दृष्टिपात भो
असाध्य सुन्दरी तिमी, अहम् लियौ त घात भो
निधारमा नलेखिदा, बतास झैं हराउँछु
र शून्यमा निमग्न भै, म सुस्त सुस्त गाउँछु
।२।
रमाइला कुराहरू, कथा भए व्यथा भए
जसै तिमी हराइथ्यौ, नवीनता कता गए
अनन्त प्यार साँच्छु मै, तिमी उदार बन्दिनौ
रचेर जाल यौनका, सही जवाफ भन्दिनौ
।३।
सहेर चाेट मर्मका, खुशी दिएँ सधैंभरि
दिदा पुगेन प्रेम त्याे , भयाै पराइ के गरी
गरेछु भूल सम्झिएँ, दिएर आज याे मुटु
लडेछु भीरबाट नै, विरक्त लाग्छ के उठूँ
।४।
नमेटिने भयो अहो, नि सम्झना र चित्र त्यो
हजार वर्षसम्म पो, रहन्छ झैं मभित्र त्यो
वियोगले र रोगले, बजें म राग धूनमा
नपाउदै नवीनता, कि पुग्छु घाम-जूनमा
।५।
तनहुँ, हाल: काठमाडौं
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।