Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

लघुकथा: पैसा | हाम्रो कथाघर

साउन ९, २०८२

लघुकथा: ऊ अझ हेरिरहेछ! | हाम्रो कथाघर

साउन ९, २०८२

लघुकथा: इमेज | हाम्रो कथाघर

साउन ९, २०८२

लघुकथा: समाजसेवी | हाम्रो कथाघर

साउन ९, २०८२

अनुवादित लघुकथा: फैसला | हाम्रो कथाघर

साउन ७, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » कथा : स्वच्छन्द

कथा : स्वच्छन्द

आख्यान - कथा
मिथिला अधिकारीमिथिला अधिकारीजेष्ठ २०, २०८२2K Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

मिथिला अधिकारी


गर्मीको समय ! उषाको सिरसिरे शीतल, एक मुठ्ठी हावा झ्यालबाट छिरेर मेरो गाला सुम्सुम्याउँदै गर्दा काउकुती लाग्ने उसको स्पर्शले मेरा आँखाका ढकनीहरू सुस्तरी-सुस्तरी खुल्ने क्रममा थिए ।

मिठो तन्द्राबाट पूर्ण रूपमा नबिउँझिएको हुँदा कानहरूले पनि स्पष्ट सुन्ने भइसकेका थिएनन् ।

यत्तिकैमा बाहिर घर छेवैको काब्रोको रूखमा एक जोडी जुरेलीले दोहोरी खेलेझैँ चिरबिर-चिरबिर गरेको मन्द आवाज झ्यालबाट आइरहेको थियो । यता शीतल पवनको स्पर्श, उता हावाको सिरसिराहटसँगै सङ्गीत भर्दै एक जोडी जुरेलीको सुन्दर गायनले मन उसै आनन्दमय भएको थियो ।

मैले आफूलाई पूर्ण रूपमा ब्युँझाउने प्रयास गरें र बिस्तारै उठें बिस्ताराबाट ।

बाहिर काब्रोको हाँगामा अझै चिरबिरिरहेका थिए दुवै जुरेलीहरू । मलाई त्यो दृश्य हेर्न असाध्य हतार भयो । किनकि त्यो काब्रोको बोटमा जुरेलीको गुँड मात्रै होइन, त्यहाँ उनीहरूले एक जोडी सुन्दर बचेरा पनि हुर्काउँदै थिए ।

जुरेलीले गुँड बनाउन सुरु गर्दादेखि नै मैले लुकिछिपी चियाइरहेकी थिएँ उनीहरूलाई । दुवै मिलेर सानासाना तिनकाहरू बटुलेर गुँड बनाएका थिए । दुवै नवदुलाहा र दुलहीजस्ता एकैछिन पनि अलग्गिएर बस्न रुचाउँदैनथे । काब्रोको हाँगामा फुर्रफुर्र गरेर घरि यता घरि उता सर्दै खै के के हो भनेझैँ दुलाहाले दुलहीलाई छेडछाड गरेझैँ गर्दै फेरि दुवै सँगै भुर्र उडेर कतै टाढा जान्थे ।

एकैछिनमा एउटा आउँथ्यो र बनाउन थालेको गुँडमा एउटा तिनका थप्थ्यो र हाँगामा बसेर अर्कोको बाटो हेरि रहन्थ्यो । एकैछिनमा अर्को पनि आएर गुँडमा तिनका थपेर आफ्नो जोडी सँगै उसै गरी हाँगामा फुर्फुरिँदै नाच्न पुगिहाल्थ्यो ।

मलाई त्यो दृश्यले अति मोहित बनाउने गर्दथ्यो । म आफ्नो कोठाको झ्यालबाट खुब हेर्थें त्यो जोडीको प्रेम । कहिलेकाहीँ त मलाई पनि त्यसरी नै निर्बाध भएर उड्न मन लाग्थ्यो ।

यो कर्कश माहोल, यो झुट, यो छल, यो स्वार्थी विचार भएको समाज, यी नचाहिँदा नियमकानुन, वाक्क लाग्दा रीतिरिवाजहरू ।

ओहो, कति बन्धनमा छौँ हामी मान्छेहरू ! झन् चेतनशील प्राणी रे मान्छे । तर खै चेतना, खै सहनशीलता, खै माया, खै प्रेम, खै एकता ।

आजको बदलिँदो समाज रे । झन् कता गइरहेको छ यो समाज ? जति पढेलेखे पनि कसैमा विवेक छैन । विचार छैन । मनमा आनन्द छैन । शान्त छैन, धैर्यता छैन । हतारो छ सबैलाई । कसैलाई धन कमाउने हतारो छ, कसैलाई नाम कमाउने । कोही मोजमस्तीमा रमाउन चाहन्छन् त कोही अरूको दुःख-पीडामा रमाउने स्वभावका छन् ।

यो सारा गञ्जागोल देख्दा र भोग्दा त यो मानवजन्मभन्दा त सुन्दर जन्म त्यो चराको छ, जो कसैको परवाह गर्दैन । न रिस छ न राग । न सुन्दर महल चाहिएको छ, न धन ।

दुवै मिलेर केही दिनमा गुँड तयार पारेपछि एक दिन साँझ नयाँ गुँडमा बसाइँ सर्छन् दुवै ।

रातमा दुवै शान्त भएर निदाउँछन् एकअर्काको अङ्गालोमा । भोलिपल्ट उषाको मिर्मिरेसँगै उनीहरूको दिनचर्या सुरु हुन्छ ।

दुवै चिरबिर गर्दै गुँड छोडेर फुर्रर उडेर हाँगामा बस्न पुग्छन् । उषाको मिर्मिरे उज्यालोमा म पनि उनीहरूलाई झ्यालबाट नियालिरहन्छु । अलि बेर दुवैले के के हो भन्दै एकअर्काको चुच्चोनिर गएर चिरबिराए दुवै भुर्रर उड्छन् । म पनि आफ्नो दैनिकीतिर लाग्छु ।

दैनिक यस्तै क्रम चलिरहेको हुन्छ । दुई-चार दिनपछि पोथीले फूल पारेछ क्यार । अब ऊ ओथारो बस्न थाली । दिनमा घरीघरी मात्रै एक-दुईपल्ट ऊ चारो खोज्न निस्कन थाली । भाले भने धेरै पल्ट जाने-आउने गरिरहन्छ । ऊ घरी यता घरी उता छटपटाइरहन्छ ।

पोथी गुँडमा ओथारो बसेको बेलामा सायद उसलाई आफू एक्लै कतै टाढा जान रमाइलो नलागेको हुन सक्छ, ऊ पनि धेरैजसो गुँडकै ओरिपरी फुर्फुरिरहन्छ ।

केही दिनपछि पोथीले बचेरा कोरलेकी छे । अब च्युँ-च्युँ गरेको आवाज आउन थाल्यो गुँडभित्रबाट ।

पोथी गुँडबाट फुत्त निस्केर भाले बसेको हाँगामा सँगै जोडिएर बस्न पुग्छे । र, भालेको चुच्चोनिरै आफ्नो चुच्चो जोडेर चिरबिराउँछे । भाले पनि छुनमुन गर्दै चिरबिराउँछ र दुवै भुर्रर उड्छन् । अब भाले-पोथी दुवै चारो खोज्न जान थालेका छन् । केही बेरपछि घरी भाले, घरी पोथी पालैपालो आफ्नो चुच्चोमा चारो च्यापेर आउँछन् र बचेरालाई ख्वाउँछन् ।

आँखा नउघ्रिएका दुवै बचेरा तँछाडमछाड गर्दै चुच्चो आँ-आँ गर्दै आफ्नो घाँटी तनक्क पारेर आमा-बा आएतिर लम्किन्छन् । आँखा नउघ्रिए पनि सायद माउ आएको गन्ध वा आवाजले थाहा पाएका होलान् बचेराहरूले ।

मलाई त्यो दृश्यले मोहित बनाउँछ । म आँखा नहटाएरै हेरिरहन्छु । केही दिनपछि ती साना बचेराहरूका पनि आँखा उघ्रिन्छन् । प्वाँख पलाएर आउँछन् । अब उनीहरूलाई माउले उड्ने तालिम दिन थाल्छे । कति सुन्दर तरिकाले प्वाँख फिरफिर पार्दै थोरै-थोरै दूरीका हाँगाहरूमा नाच्न थाल्छन् ती साना बचेराहरू पनि । त्यो दृश्य झनै मनमोहक लाग्छ मलाई ।

र मनमनै कल्पना गर्छु ।
यो अतुलनीय सृष्टि गर्ने ईश्वर कहाँ छ होला ? यो माया-मोहको जालोले छपक्क छोपेर संसारलाई एउटा सुन्दर र कलात्मक ढङ्गले चलाउने सीप सबै प्राणीको मन र मस्तिष्कमा हालिदिएको छ उसले, मानौँ ऊ स्वयं छ सबैको प्राणमा प्राण भएर बसेको ।

पशुपन्छीलाई चेतनाबाहेक अरू सबै कुरा दिएको छ ईश्वरले । र, पशुपन्छीलाई भन्दा ज्यादा थप कुरा, चेतना दिएको छ मान्छेलाई ईश्वरले ।
तर पनि मान्छे नै पशुपन्छीभन्दा अबुझ किन भइदिन्छ ? म सोचिरहन्छु ।

मलाई पनि जुरेलीजस्तै आजाद उड्न मन लागेको छ, त्यसरी नै स्वच्छन्द भएर खुल्ला निलो आकाशमुनि र गाउन मन लागेको छ स्वतन्त्रताको गीत यो द्वन्द्वको कोलाहलतालाई चिर्दै डाँडापाखा, कुना-कन्दरा अनि गाउँ-शहर ब्युँझिने गरी !


हेटौंडा ८, कमाने


प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

कथा मिथिला अधिकारी स्वच्छन्द

यो पनि पढ्नुहोस्...

लघुकथा: पैसा | हाम्रो कथाघर

लघुकथा: ऊ अझ हेरिरहेछ! | हाम्रो कथाघर

लघुकथा: इमेज | हाम्रो कथाघर

लघुकथा: समाजसेवी | हाम्रो कथाघर

अनुवादित लघुकथा: फैसला | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – ११ | हाम्रो कथाघर

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – ११ | हाम्रो कथाघर

कथा: कम्युनिस्टहरू छद्मभेषी बनेपछि | हाम्रो कथाघर

कथा: मुक्कुमलुङ | हाम्रो कथाघर

पाक्षिक लघुकथा अभियान – अंक: १०

भर्खरै

लघुकथा: पैसा | हाम्रो कथाघर

साउन ९, २०८२

लघुकथा: ऊ अझ हेरिरहेछ! | हाम्रो कथाघर

साउन ९, २०८२

लघुकथा: इमेज | हाम्रो कथाघर

साउन ९, २०८२

लघुकथा: समाजसेवी | हाम्रो कथाघर

साउन ९, २०८२

अनुवादित लघुकथा: फैसला | हाम्रो कथाघर

साउन ७, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.