सुरक्षा गौतम
आमा,
मलाई पछुतो छैन
तिम्री छोरी भएकोमा,
तर साँच्चै पछुतो छ,
केवल एक छोरी भएकोमा।
मैले आफूलाई सुरक्षित
कहीँ पनि पाइनँ,
तर यसको दोष
म तिम्रो काँधमा
कहिल्यै बोकाउँदिनँ।
सुनेकी छु,
मलाई जन्माउनुअघि
तिमीले बारम्बार सोचेकी थियौ रे,
“यो समाजमा छोरी भएर
यसले कसरी दुःख सहली?”
गर्भ जँचाउँदा
म छोरी भएको थाहा पाउँदा
घरकाले गर्भमै मलाई
फ्याँक्न दबाब दिँदा पनि,
तिमी र बाबाले मिलेर
मलाई यो संसार देखायौ रे!
तर
ज्ञान दिने गुरु नै
विद्यालयमा बैरी बने,
आफ्नै भनिएका आफन्तहरू
पशु सरी बने।
यहाँ कसैले चाहेनन्
एक छोरीको भावना बुझ्न,
म पितृसत्तालाई मात्रै
के भनेर सराप्नु अब?
कसैले ढाड सुमसुमाउँदा होस्
वा होस् हात समाउँदा,
म झस्किन्थेँ, आत्तिन्थेँ,
हरपल त्रसित हुन्थेँ।
ती गिद्धे नजरहरूबाट
म कसरी बच्न सक्थेँ र?
जब डरले थिच्थ्यो,
आँखाबाट आँसु झर्थे बरर…
त्यसैले त भन्छु आमा,
मलाई पछुतो छैन,
तिम्री छोरी भएकोमा,
मलाई पछुतो छ त केवल,
यो समाजमा
आफू ‘छोरी’ भएकोमा।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।