लक्ष्मी थापा क्षेत्री
काँधमा घरको जिम्मेवारी,
मुटुमा देशको माया,
आँखामा छोराछोरीका सपना
र शिरमा देशको इज्जत बोकेर
परदेशिएका मेरा बा।
कालो अक्षर नचिन्ने मेरा बा,
तर डाँडापाखा, वन, मन र इसारा
सबै पढ्न र बुझ्न सक्ने ज्ञानी छन्।
कसैभन्दा कम छैनन् मेरा बा।
उनी
देशको शान, मान र
इज्जतका हकदार हुन्,
न देशलाई झुकाउन चाहन्छन्,
न सुकाउन।
विडम्बना! रोजगारकै लागि
परदेशिएका हुन् मेरा बा।
आफू जन्मेको गाउँठाउँ छोड्नु रहर थिएन,
बाध्यताको खोल ओढेर परदेशिए मेरा बा।
सात समुद्रपारिबाट आफ्नो देशको माटोलाई
असाध्यै माया गर्ने एक सच्चा देशभक्त,
देशका असली सर्जक पनि हुन् मेरा बा।।
दैलेख, नेपाल
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।