अब उप्रान्त
हुने छैन लोभ, ईर्ष्या र मोह,
रहने छैनन् कुनै इच्छा र आकाङ्क्षाहरू,
काम हुने छैन, वासना हुने छैन,
सम्पत्ति हुने छैन, सांसारिक जीवन हुने छैन ।
उसले आफैँलाई बिर्सिएर
आफ्नो परिचय खोज्न निस्किएको छ ।
यतिबेला ऊ समथामा मग्न भएर सोचिरहेछ:
म कोही र केही पनि होइन रहेछु,
म शरीर र आत्मा पनि होइन रहेछु,
म त केवल फगत अस्तित्वको डल्लो,
शून्य, शून्य, शून्य रहेछु ।
साझा बस्ती खोटाङ


