तिमीले देखेका सपनाहरू
मेरा जस्तै थिए होलान्
त्यही सपनालाई मैले
परदेशका ठूला सहरहरूमा
बेचिरहेछु
हर दिन हर साँझ ।
युवाले सपना देख्छ
सपनाले कफन ओढ्छ
भन्नुस् न कस्तो विडम्बना
सगरमाथा र बुद्धहरूको !
जहाँ जिउनुअघि नै
सपनाहरू मारिदिन्छन् ।
मरेपछि पनि सपनाहरूले
परदेशका व्यस्त कफीसपहरूमा
श्वास त फेर्ने रहेछन् ।
हामी त सपना मारेका देशका मान्छे
मारेका सपनाहरूले
ब्युँताइरहने देशका मान्छे
भन न, हामी कहिले मर्छौँ ?
—०—
जापान
ureshiimohan@gmail.com
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।