देवकीको कुखुरा मोतीमायाको घुर्यानमा पसेछ। देवकीले देखिन्। दौडिहालिन् पनि।
मोतीमायाले देवकीलाई उछिनिन्। तथानाम गाली गर्दै ढुङ्गा टिपेर हान्न भ्याइन्।
एउटा चल्ला त्यहीँ ठहरै भयो।
देवकी केही बोलिनन्। उनलाई लाग्यो– ‘मैले आफ्ना कुखुराको ख्याल गर्नुपर्थ्यो। गरिनँ! गल्ती मेरै हो।’
देवकी केही बोलेकी भए बाझाबाझ हुन्थ्यो; कुस्ताकुस्ती हुन पनि सक्थ्यो।
देवकी नबोलेकी हुँदा त्यस्तो केही भएन।
त्यस्तो केही नभएकाले मोतीमाया अप्ठ्यारोमा परिन्। उनी आफैँ ‘मैले तिम्रो चल्ला मारिदिएँ; म क्षतिपूर्ति तिर्छु’ भन्न जान पनि सकिनन्। देवकीलाई सम्बोधन गरेर ‘बहिनी, मलाई माफ गरिदेऊ’ भन्न पनि सकिनन्।
उनलाई लाग्यो– ‘देवकी केही बोलेकी भए, अझ बाझ्न अगाडि आएकी भए सबै फच्चे हुन्थ्यो; कस्तो मजा हुन्थ्यो। …उफ्! देवकीले नबोलेर यो कस्तो सजाय दिएकी हो!’
–०००–
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।