सफा,
रिसरागविहीन,
फाटेर बादल
खुलेको जुनेली आकाशजस्तो
तिम्रो आँखाको भृकुटीमा
एक चुम्बन गरेँ,
तर!
म अझैसम्म अतृप्त छु ।
जति वर्षा झरे पनि गल्दिनन्,
भिज्दिनन् र रुझ्दिनन्,
आऊ, भिजाऊ मलाई
तिम्रो परेलीको एक थोपा आँसुले,
तिम्रो ओठको एक मीठो प्रभातले,
तिम्रो हेराइको उज्यालो जुनकिरीले ।
भेट्छन् त भेट्छन् यहाँ
छुटेका माहुरी र रानो पनि,
जिन्दगीको जङ्गलमा भेट्छन्
सयौँ चराचुरुङ्गीका भालेपोथी ।
आकाशमा उड्दाउड्दै
हामी पनि कुनै बेला भेटियौँ
र फेरि छुट्टियौँ ।
समुद्रमा
अलिकति देखिएको
पानीजहाजको मस्तुलजस्तै भयौँ हामी,
कुन दिशामा तिमी गयौ ?
कुन दिशामा म गएँ ?
जिन्दगीको डुङ्गा फेरि घुम्दै आयो
र त्यही स्थानमा रोकिदियो हामीलाई
र भेट गरायो समयले ।
समुद्रमा विलय हुँदै गइरहेको
मस्तुलजस्तो नहोला है अबको समय !
–०००–
काठमाडौँ
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।