बाहिर मुस्कान छ,
भित्र रोएको कसैले देख्दैन ।
ओठमा मुस्कान सधैँ हुन्छ,
तर थाहा छ मलाई
यो झुटो हाँसोले पीडा छेक्दैन ।
उमेर बढ्दै छ,
जिम्मेवारी पनि छ बढ्दै ।
के पाउन हो त्यो त थाहा भएन,
छु म आफ्नो सपना र जिम्मेवारीबीच लड्दै ।
अब केही वर्षपछि बाको काँध फेर्नुपर्छ,
अब केही वर्षपछि घर व्यवहार नि हेर्नुपर्छ ।
जिन्दगीको हालत पनि
लथालिङ्ग छ मेरो,
न पूरा हुन्छ सोचेको
न पुग्छ आँटेको ।
आमाले के छ भन्दा
मनभरि पीडा भए पनि
ठीक छ भन्दै छु ढाँटेको ।
विश्वास छ अझै गर्न सक्छु धेरै,
अनि गर्नु पनि छ सपना पूरा ।
मनमा अनेक डर अनि चिन्ता
घरीघरी लागिरहन्छ,
हुन्छन् कि मेरा सपना अधुरा ।
रुनु भएन, मर्नु भएन,
म छोरा हुँ नि त डर्नु भएन ।
घरको सबै जिम्मेवारी ममाथि छ,
त्यसैले नराम्रो काम त मैले गर्नु भएन ।


