तिमीले पाएका पीडा
म महसुस गर्न सक्छु,
अफसोच! भोग्न सक्दिनँ
प्रिय ढुङ्गाहरू।
कति सहन्छौ
बमको आतंक?
कति सहन्छौ
मेसिनको आवाज?
र कति सहन्छौ,
गैँती र घनका बज्रहरू?
कसैले विकासका नाममा
भत्काउन खोजे,
कसैले धर्मका नाममा
भगवान् मानिरहेछन्।
तर पनि अझै
मौन छौ, अडिग छौ
प्रिय ढुङ्गाहरू।
तिम्रो सुन्दरतामा
कुनै कमी छैन।
घरमा सजाउँछन्,
मन्दिरमा सजाउँछन्।
घामपानी ओत्ने
छानो बनेका छौ,
प्रकृतिको शिर बनेका छौ।
तिम्रो उपस्थिति सम्भव छ
माटो बिनाको?
पानी बिनाको?
म बिनाको?
हामी बिनाको?
बन्द गर तिम्रा आक्रोश,
हाम्रा खुसीका राजमार्गहरू
निर्बाध चल्न देउ
प्रिय ढुङ्गाहरू।
–०००–
तनहुँ
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



