तिमीले पाएका पीडा
म महसुस गर्न सक्छु,
अफसोच! भोग्न सक्दिनँ
प्रिय ढुङ्गाहरू।
कति सहन्छौ
बमको आतंक?
कति सहन्छौ
मेसिनको आवाज?
र कति सहन्छौ,
गैँती र घनका बज्रहरू?
कसैले विकासका नाममा
भत्काउन खोजे,
कसैले धर्मका नाममा
भगवान् मानिरहेछन्।
तर पनि अझै
मौन छौ, अडिग छौ
प्रिय ढुङ्गाहरू।
तिम्रो सुन्दरतामा
कुनै कमी छैन।
घरमा सजाउँछन्,
मन्दिरमा सजाउँछन्।
घामपानी ओत्ने
छानो बनेका छौ,
प्रकृतिको शिर बनेका छौ।
तिम्रो उपस्थिति सम्भव छ
माटो बिनाको?
पानी बिनाको?
म बिनाको?
हामी बिनाको?
बन्द गर तिम्रा आक्रोश,
हाम्रा खुसीका राजमार्गहरू
निर्बाध चल्न देउ
प्रिय ढुङ्गाहरू।
–०००–
तनहुँ


