आज सहर झिलिमिली छ,
घरहरू आकाशसित प्रतिस्पर्धा गर्दै
चम्किरहेका छन्।
जताततै उज्यालोको मेला छ,
लाग्छ,
जून आकाशमा होइन,
हरेक घरको दैलोमा झरेको छ।
म पनि बत्ती बाल्छु
ढोकासामु, छानामा, मुटुको वरिपरि,
तर बत्तीको उज्यालो भित्र पस्दैन,
जहाँ कहिल्यै नजलेको
एउटा दियोलाई खोज्दै छु म।
बाहिर दीपहरूले
घरका पर्खाल सजाएका छन्,
तर मानिसका मनहरू अझै
अँध्यारो कोठा बनेका छन्।
कति अचम्म !
हातमा दियो, आँखामा चमक,
तर हृदयभित्र अन्धकारको
घाम उदाएको छ।
दीपावलीले सहर उज्यालो बनायो,
तर आत्मामा अझै अँध्यारो भरिएको छ।
सफा छन् घरहरू,
तर मनहरूमा धूलोको बाक्लो तह छ।
र म सोच्छु—
यदि यो उज्यालो साँच्चै
मनभित्र पनि बल्थ्यो भने,
सायद भगवान् पनि आज नजिकै देखिन्थे।
यदि एक साँझ यस्तो हुन्थ्यो
जहाँ बत्तीहरू होइन,
मनहरू बल्थे,
जहाँ उज्यालो केवल देखिन्थेन,
महसुस गरिन्थ्यो,
सायद, त्यो दिन दीपावली पनि
दियो बन्न लजाउँथ्यो !!!
–०००–
सूर्यविनायक ९
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



