आमा ! यहाँ घर त छ,
तर घरमा तिम्रो झल्को छैन।
यहाँ सिरानी त छ,
तर सिरानीभन्दा न्यानो तिम्रो काख छैन।
म हरेक दिन तिम्रो यादमा टोलाउँछु।
सायद तिमीलाई सपनामा देख्थेँ होला,
त्यसैले त सपनामै तिम्रो नाम लिएर बोलाउँछु।
यो जीवन हो या जेल हो ?
आमा ! यहाँ खाना त पाइन्छ,
तर खानामा मिसिएको तिम्रो ममता पाइँदैन।
यहाँ निद्रा त पाइन्छ,
तर निद्रामा सपनामा तिमी आउँदिनौ।
यहाँ वर्षा त हुन्छ,
तर हरेक थोपामा मैले तिम्रो मुहार देख्छु।
हरेक गड्याङगुडुङमा
तिम्रो ममताले भरिएको गाली र
हरेक चट्याङमा
तिम्रो हातको प्रेमको झटारो देख्छु।
सायद अब यो जीवनलाई
जेल नै स्वीकार छ होला।
–०००–
विदुर-५, माझीटार
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



