आमा ! यहाँ घर त छ,
तर घरमा तिम्रो झल्को छैन।
यहाँ सिरानी त छ,
तर सिरानीभन्दा न्यानो तिम्रो काख छैन।
म हरेक दिन तिम्रो यादमा टोलाउँछु।
सायद तिमीलाई सपनामा देख्थेँ होला,
त्यसैले त सपनामै तिम्रो नाम लिएर बोलाउँछु।
यो जीवन हो या जेल हो ?
आमा ! यहाँ खाना त पाइन्छ,
तर खानामा मिसिएको तिम्रो ममता पाइँदैन।
यहाँ निद्रा त पाइन्छ,
तर निद्रामा सपनामा तिमी आउँदिनौ।
यहाँ वर्षा त हुन्छ,
तर हरेक थोपामा मैले तिम्रो मुहार देख्छु।
हरेक गड्याङगुडुङमा
तिम्रो ममताले भरिएको गाली र
हरेक चट्याङमा
तिम्रो हातको प्रेमको झटारो देख्छु।
सायद अब यो जीवनलाई
जेल नै स्वीकार छ होला।
–०००–
विदुर-५, माझीटार


