Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

कथा : मौन अवधि | हाम्रो कथाघर

माघ १९, २०८२

लघुकथामा एक प्रयोग अङ्क: ३४ | हाम्रो कथाघर

माघ १८, २०८२

माघ १८, २०८२

माघ १८, २०८२

माघ १८, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » लघुकथा : नाता | सुरेशकुमार पाण्डे | हाम्रो कथाघर

लघुकथा : नाता | सुरेशकुमार पाण्डे | हाम्रो कथाघर

आख्यान - लघुकथा
सुरेशकुमार पाण्डेसुरेशकुमार पाण्डेमंसिर १२, २०८२1K Views
शेयर गर्नुस Facebook Twitter Copy Link Email WhatsApp
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

“नमस्कार म्याम !”– सन्जीवले दुवै हात जोड्यो।
“नमस्कार ! कसलाई खोज्नुभयो ?”– सङ्घारमै उभिएर सविनाले प्रश्न गरिन्।
अत्यन्तै सुन्दर मिलेको जिउडाल, बान्की परेको र गुलाबजस्तै फुलेको अनुहार देखेर सन्जीवका दुवै आँखा सविनाको अनुहारबाट एकटक हटेनन्।

“हजुरले कसलाई खोज्नुभयो ?”– सविनाले दोहोर्‍याएको प्रश्नले ऊ झसङ्ग भयो।

“म… म… म विनोदलाई खोज्दै…।”– सन्जीवले आफ्नो ध्यान सविनाको अनुहारबाट हटाउँदै भन्यो।
“ए ! ए !! हजुरले दाइलाई खोज्नुभएको हो ! उहाँ त भोलि मात्र आउनुहुन्छ, कतै जानुभएको छ।”– उनले भनिन्।

“हजुर कहाँदेखि आउनुभएको हो ? केही काम थियो कि ?”– उनले दुई प्रश्न एकैसाथ गरिन्।
“म बजारदेखि हो, काम त खास होइन। हामी साथी हौँ, त्यसैले भेटघाट गरौँ भनेर मात्र आएको।”– सन्जीवले आफू आउनुको कारण भन्यो। सविनाले विनोदलाई ‘दाइ’ भनेपछि ऊ ढुक्क देखिन्थ्यो।

“घरमा अरू त हुनुहुन्न, भित्र आउनुहोस् न, म चिया पकाउँछु।”– सविनाले भनिन्।
सन्जीव भने डराएझैँ थियो। उसले बस्नुभन्दा त्यहाँबाट जान ठीक सम्झियो। “होइन, म हिँडेँ। फेरि आउनुपर्ला कुनै दिन।”– त्यति भनेर ऊ हिँड्यो।

तर उसको मस्तिष्कमा सविनाकै अनुहार घुमिरहेको थियो। उसलाई सविनाभन्दा राम्री केटी यो दुनियामै छैन भन्ने लाग्यो। विनोद उसको साथी हो। विनोदले कहिल्यै आफ्नो बहिनीको बारेमा भनेको थिएन। ‘यति सुन्दर बहिनी रहिछे, अब ढिला नगरी उसको हात माग्नुपर्छ।’ सन्जीवले सविनालाई लिएर थुप्रै सपना देख्न थाल्यो।

सधैँ आमाबाले विवाह गर भन्दा नमानेको ऊ, अहिले विवाह गर्ने मन बनायो। अब घर गएर आमालाई मनको कुरा भन्नुपर्छ।’– सन्जीवले मनैमन भन्यो। एकै नजरमा सन्जीव कायल बनेको थियो र थुप्रै सपनाहरू भित्रभित्रै सजाउँदै थियो। त्यहीबेला सोही गाउँका जिम्मालसँग जम्काभेट भयो।

“अरे ! सन्जीव, कहाँबाट आयौ ?”– जिम्मालले बाटोमा भेटाएर सोधे।
ऊ झसङ्ग भयो। उसको ध्यान उतै थियो। “म विनोदको घरसम्म आएको थिएँ।”– उसले जिम्मालको हातमा ढोग गर्दै भन्यो।
“विनोद त हिजो कतै गएको हो, भोलि बल्ल आउँछ होला। घरमा को थियो ?”– जिम्मालले जानकारी गराउँदै सोधे।
“घरमा विनोदकी बहिनी थिइन्।”– सन्जीवले भन्यो।

“कहाँको बहिनी हुनु ! उनीहरू दुई भाइ मात्र त हुन्। ए… ए… बरु भाइबुहारी होलिन् सविना !”– जिम्मालले केही सोचेझैँ गर्दै प्याच्च भने।

–०००–
दाङ, घोराही-१८

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

नाता लघुकथा सुरेशकुमार पाण्डे

यो पनि पढ्नुहोस्...

कथा : मौन अवधि | हाम्रो कथाघर

कथा: साइतको विवाह | हाम्रो कथाघर

उपन्यास: गरुराहा | अध्याय: ०५ | नन्दलाल आचार्य | हाम्रो कथाघर

कथा: रमनीया | हाम्रो कथाघर

कथा: वक्ररेखाबाट हुर्किएको मायाको बोट | हाम्रो कथाघर

लघुकथा: संस्कार | हाम्रो कथाघर

♈ दैनिक राशिफल ♎

विशेष

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: २४

बाल-उपन्यास: अद्भूत विवाह | हाम्रो कथाघर

पुस्तक समीक्षा: “अमेरिकाको घाम” लाई नजिकबाट नियाल्दा | हाम्रो कथाघर

कथा: साइतको विवाह | हाम्रो कथाघर

भर्खरै

कथा : मौन अवधि | हाम्रो कथाघर

माघ १९, २०८२

लघुकथामा एक प्रयोग अङ्क: ३४ | हाम्रो कथाघर

माघ १८, २०८२

माघ १८, २०८२

माघ १८, २०८२

माघ १८, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.