अस्थिपञ्जरको आत्मकथा
सबिन पौडेल
म बाँचेको थिएँ
तर बाँच्दाबाँच्दै म मरेको रहेछु ।
हड्डीभित्र सास थियो,
तर सासभित्र आत्मा हराइसकेको रहेछ ।
सम्मानका सिक्काहरूले
मेरो मनको रगत किनिदिन सकेनन्,
रुपैयाँले आफ्नै मृत्युबाट पनि छुटकारा दिलाउन सकेन ।
मान्छेहरूले मलाई कहिले ‘राजा’ भने, कहिले ‘पागल’ ।
तर सत्य के थियो भने—
म न राजा थिएँ, न पागल, म त बस् एउटा ‘बाँच्दो अस्थिपञ्जर’ थिएँ ।
मेरो अनुहारमा घमण्डको मकै उम्रिएको थियो,
र हरेक हाँसोभित्र कसैले नदेखेको रित्तोपन पलाएको थियो ।
अब हेर्दै छु— मेरो शरीर धुलो भइसकेको छ,
तर मेरो पाप, मेरो नाम, मान्छेहरूको मुखमा अझै जीवित छन् ।
तिमीहरू हतार गर्दै जीवनको दौडमा दौडिरहेछौ,
तर अन्त्यमा तिमीहरू पनि म जस्तै
आफ्नै अस्थिपञ्जरसँग परिचय गराउँदै ‘यो म हुँ’ भन्नेछौ ।
म फर्केर आएँ, तर शरीरबिना, नामबिना, प्रतिष्ठाबिना ।
मात्र एउटा चेतावनी लिएर—
“जीवनलाई ढाँट्यौ भने, मृत्यु पनि तिम्रो नक्कल गर्नेछ ।”
अस्थिपञ्जर मुस्कुराउँछ, र भन्छ—
“साँचो त म हुँ, मात्र नाङ्गो भएर पनि सत्य ।”
मन्थली-१२, रामेछाप
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



