नवदुलहीको पीडा
विष्णु ढुङ्गाना ‘निश्चल’
नवदुलही भएको हप्ता दिनमै,
बूढी आमाको जिम्मा लाएर
मेरा यौवनका छालहरूलाई उमालेर,
हुइँकिन्छ ऊ खाडीतिर
एक सुन्दर सपनाको पोको बोकी ।
पतिदेवको मोबाइलको घण्टीसँगै,
छचल्किन्छन् मेरा यौवनका रसहरू र,
म साट्न सक्दिनँ,
सप्तरङ्गी मेरा यौवनका चाहहरू ।
कसले देख्छ, नवदुलहीको पीडा ?
र त,
म र मजस्तै नवदुलहीहरू निस्कन्छन्
घरबाट विभिन्न बहानामा,
कुनै शान्त ठाउँको खोजीमा,
नाठो लिएर… ।
ऊ खेल्छ मस्तले, मेरो यौवनमा
र मेरो प्यास मेटाउँछ, मानौँ,
तिर्खाएको बटुवालाई पानी दिएर ।
हरेक ३/४ वर्षमा
पाहुना बनेर झुल्किन्छ ऊ,
राम्ररी हेर्न पनि नपाई उसको मुहार
फर्कन्छ फेरि खाडीतिरै ।
जन्मन्छ बच्चा, कसको हो ?
थाहा छैन आफैँलाई,
नाता छ अनौठो ऊसँग मेरो,
सम्बन्ध छ फेरि अर्कैसँग ।
चल्दै छ जिन्दगीको रेल यसरी नै,
एउटा वारि र
अर्को सात समुद्रपारि बसेर ।
गौरादह न.पा.-९, बैगुन्धुरा, झापा
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



