कविता: याद
दूरगामी माइला
मैले एउटै कुरा बिर्सन सकिनँ
चाहेर पनि मेट्न सकिनँ ।
मनभरि लेखिएको तिम्रो नाम
मेट्नुपर्छ भनेर सोचेँ,
इलेजर लगाएर मेट्न खोजेँ, सकिनँ ।
मैले पिएँ, बेहोशीमै पिएँ
सडकभरि ढल्ने गरी पिएँ
इज्जत माटोमै मिल्ने गरी पिएँ
समाजले थुक्ने गरी पिएँ ।
सक्छु कि भनेर
आफ्नै हत्केला काटेर हेरेँ
आफ्नै छातीमा मुक्का हानेर हेरेँ ।
सबैभन्दा घातक चिज याद रहेछ,
सबै कुराभन्दा कठोर याद रहेछ ।
आज चोखो मायाको सजाय
कटाउँदै छु म,
तिम्रो यादको बन्दीगृहमा बसेर ।
सङ्खुवासभा
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



