कविता: याद
दूरगामी माइला
मैले एउटै कुरा बिर्सन सकिनँ
चाहेर पनि मेट्न सकिनँ ।
मनभरि लेखिएको तिम्रो नाम
मेट्नुपर्छ भनेर सोचेँ,
इलेजर लगाएर मेट्न खोजेँ, सकिनँ ।
मैले पिएँ, बेहोशीमै पिएँ
सडकभरि ढल्ने गरी पिएँ
इज्जत माटोमै मिल्ने गरी पिएँ
समाजले थुक्ने गरी पिएँ ।
सक्छु कि भनेर
आफ्नै हत्केला काटेर हेरेँ
आफ्नै छातीमा मुक्का हानेर हेरेँ ।
सबैभन्दा घातक चिज याद रहेछ,
सबै कुराभन्दा कठोर याद रहेछ ।
आज चोखो मायाको सजाय
कटाउँदै छु म,
तिम्रो यादको बन्दीगृहमा बसेर ।
सङ्खुवासभा


