कविता: मृत्युसँगको प्रेम !
विनय इलामेली
मृत्यु किन चुपचाप आउँछ ?
अनि सबैलाई निद्राबाट ब्युँझाउँछ ?
एकाहोरो शङ्खध्वनिसँगै चुपचाप किन अघि बढ्छ ?
मानिस काबिल छ र त मौन भएर पछि लागिरहन्छ ।
शङ्खध्वनिले लासलाई डोहोर्याएझैँ डोहोर्याउनु
म ब्रह्मनालमा लमतन्न रहुन्जेल पर्खिरहन्छु,
मृत्युले चितालाई गर्ने मायाजति नै माया गर्नु
म तिमीलाई आर्यघाटझैँ पर्खिरहन्छु ।
तिमी र म
त्यतै भेटौँ, सँगै जलौँ, सँगै धुवाँमा उडौँ
जीवन साथमा नरहेर के भो र प्रिय !
मृत्युशय्यामा त हामी सँगै छौँ ।
न जात, न धर्म, न वर्ग, न वर्ण
न त छेक्यो यो कठोर समाजले !
दुई थोपा आँसुसँगै अस्तु रुपी हामी
एउटै पोकोमा परिरहेछौँ ।
म ब्रह्मनालमा लमतन्न रहुन्जेल पर्खिरहन्छु
म तिमीलाई आर्यघाटझैँ पर्खिरहन्छु ।
इलाम
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



