कविता: तिमी कहिल्यै नरोकिनु
अनु अर्याल
म भन्छु–
छोरी ! तिमी आफ्नै भरोसामा उड्नै पर्छ
तिमीले आकाश छुने सपनाभन्दा पहिले
हिँड्दा लड्ने जमिनका खाडलहरू पुरिनुपर्छ ।
यहाँ सधैँ तिम्रो पक्षमा
हुँदैन तिम्रो आफ्नै समय पनि
त्यसैले खुसीका गोरेटोहरू
तिमीले आफैँ निम्त्याउनुपर्छ,
कहिलेकाहीँ स्वार्थमा दबिन सक्छन्
तिम्रै सत्यताका कथाहरू ।
भविष्यका कथाहरू कोरिरहँदा
त्यहाँ दन्कने आगोलाई तिमी आफैँले निभाउनुपर्छ ।
एकातिर अस्तित्व जोगाउन स्वार्थ प्राथमिकता होला
अर्कोतिर माया, प्रेम र घृणाको यथार्थ चिन्नुपर्छ ।
तिम्रो चञ्चलताले कसैलाई हानि नहोस्
तिम्रो मौनताले कसैको बदनामी नहोस् ।
छोरी ! तिमी स्वभावले सधैँ सुन्दरताकी रानी हुनुपर्छ
आफ्नै संस्कारले भरिपूर्ण महारानी हुनुपर्छ ।
जे छ, जस्तै छ,
मनमा कहिलेकाहीँ स्वार्थ भरिए पनि
भावनालाई बुझ्न सक्ने तिमी प्रेमको खानी बन्नुपर्छ ।
त्यसैले छोरी ! तिमी कहिल्यै नरोकिनु
तिमी त कलकल बग्ने पवित्र गङ्गाको पानी हुनुपर्छ ।
धनगढी, कैलाली
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



