कविता: मौन मृत्युका साक्षी
सङ्गीता खरेल ‘सङ्गी काली’
खुसीको पोल्टामा लुकाएर राखेको आँसुलाई
एक्लोपनको सन्नाटामा पोख्नुको सुखानुभूति,
घडीको टिक-टिक आवाजले पनि
त्रासदीको शंखघोष गरेको चिच्चाहट !
आफ्नै छायाले गरेको लुकामारीसँगैको छल
च्यातिएको फूलजस्तो यत्रतत्र छरिएका सपना,
सपनालाई एकैठाउँ समेट्न गरिएको
अथक र असफल प्रयास ।
जिउने आशामा लागेको कालो बादल
बादल हटाउन आउने धैर्यतारूपी पवन,
निराशाको सुलीमा ठोकिएका
अपमानका ती तीखा किलाहरू ।
पटक-पटक मृत बनेको जीर्ण तन
स्मृतिका अनुपम पल जतन गरेर,
ताराहरू मलामी बनी बगरको छेउमा
दागबत्ती पाउने आशामा
कुरिरहेको एउटा जिउँदो लास ।
चन्द्रागिरि-८, काठमाडौँ
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



