कविता: गधाको सवारी
कवि: सबिन पौडेल
गधालाई अघि राख्यौँ,
किनकि उसले प्रश्न गर्दैन
हामीले प्रश्न गर्न छोडेको धेरै भइसक्यो ।
उसको ढाडमा
हाम्रो विवेकको बोझ छ,
तर हामी भन्छौँ—
“यो त परम्परा हो ।”
गधा हिँडिरहन्छ
घण्टी बजाउँदै,
हामी त्यसैलाई
समयको सङ्गीत ठान्छौँ ।
जहाँ ऊ अडिन्छ,
हामी डराउँछौँ
किनकि रोकिँदा
आफ्नै छाया देखिन्छ ।
गधाको आँखामा
न स्वर्ग छ, न भविष्य,
तर हामीले उसकै दृष्टिलाई
दर्शन घोषणा गरेका छौँ ।
हामी सवार छौँ,
तर दिशा तय
लगामले होइन,
आलस्यले गर्छ ।
गधा कहिल्यै दोषी हुँदैन,
दोष त सधैँ
सवारीको मौनतामा लुकेको हुन्छ ।
यो गधाको सवारी होइन,
यो त आफू सोच्न नपर्ने
सहज बाटो रोजेको
मानवताको आत्मस्वीकार हो,
जहाँ गधा
बहाना मात्र हो ।
मन्थली-१२, रामेछाप
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



