कविता: पाइला
कवि: सेढाई जी ‘कामदार’
आरम्भको पदचाप,
क्षितिजको बिहानीदेखि
अनन्त सन्ध्याको टुकीसम्म
नित्य, निरन्तर एकपछि अर्को
चलिरहन्छ अपेक्षासहित ।
बस्दै, उभिँदै अनि पाइला चाल्दै
जन्मको क्षितिजदेखि मृत्युको मौनसम्म,
जीवनको पाइला जिन्दगानीसँग बाँड्दै,
अपेक्षा र सपनाको डोको बोकेर—
मेरो पाइला कुर्कुच्चाका जुत्ताहरू फटाउँदै
कसैलाई नसोधी
चलिरहन्छ, चलिरहन्छ ।
उफ !
छैन ओठको हृदयमा,
हो, त्यसैले मेरो पाइला
जीवन नभए पनि
जीवित छ, अमर छ ।
सगरमाथा र अम्बर जसरी,
पाइलाको महासागर बनेर !
ईश्वरपुर-७, सर्लाही
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



