Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

उपन्यास : तेजस्विनी सदन | भाग: ०२

माघ २७, २०८२

उपन्यास: गरुराहा | अध्याय: ०६ | हाम्रो कथाघर

माघ २६, २०८२

स्मार्ट कविता श्रृङ्खला: ५७ | हाम्रो कथाघर

माघ २५, २०८२

लघुकथामा एक प्रयोग अङ्क: ३६ | हाम्रो कथाघर

माघ २५, २०८२

गजल श्रृङ्खला: ३६ | हाम्रो कथाघर

माघ २५, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » उपन्यास: गरुराहा | अध्याय: ०६ | हाम्रो कथाघर

उपन्यास: गरुराहा | अध्याय: ०६ | हाम्रो कथाघर

आख्यान - उपन्यास
नन्दलाल आचार्यनन्दलाल आचार्यमाघ २६, २०८२1K Views
शेयर गर्नुस Facebook Twitter Copy Link Email WhatsApp
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

स्रष्टा परिचय:


वि.सं. २०३० असारमा जहडा, उदयपुरमा माता भगवती र पिता विष्णुप्रसाद आचार्यका सुपुत्रका रूपमा जन्मिएका नन्दलाल आचार्य नेपाली साहित्यका एक स्थापित स्रष्टा हुन् । हाल बेलका नगरपालिका–२, सिद्धार्थटोल, गल्फडिया, उदयपुरमा बसोबास गर्दै आएका उनले सानैदेखि नेपाली साहित्य लेखनमा रुचि राख्दै वि.सं. २०५३/५४ देखि विभिन्न पत्रपत्रिकामा आफ्ना लेख तथा रचनाहरू प्रकाशन गर्दै आएका छन् ।

साहित्यमा निरन्तर सक्रिय आचार्य नेपाली भाषाका प्रायः सबै विधामा कलम चलाउँछन् । उनका नाटक, समालोचना, निबन्ध, उपन्यास, लघुकथा र कथा विधाका कृतिहरू प्रकाशित छन् । उनले नेपाली साहित्यमा पुर्‍याएको योगदानका लागि एक दर्जनभन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन् ।

हाल उनी विभिन्न साहित्यिक पत्रपत्रिका तथा संघ-संस्थामा आबद्ध रही नेपाली साहित्यको सेवामा समर्पित छन् । उनका महत्वपूर्ण कृतिमध्ये “गरुराहा” उपन्यास विशेष रूपमा चर्चित छ, जसलाई जामुनलाल स्मृति प्रतिष्ठान, उदयपुरले वि.सं. २०७६ मा प्रकाशित गरेको थियो । सो उपन्यासलाई “हाम्रो कथाघर डट कम” अनलाइन पत्रिकाले डिजिटल रूपमा पुनः प्रकाशन गरेको छ ।


अध्याय: ०६

ज्योति ! आज म तिमीलाई सुनाउनै नहुने कुरा सुनाउँदै छु । आफूलाई देखाउन मैले कुनै कसर बाँकी राख्न नमिल्ने हुनाले रिट्ठो नबिराईकन अवगत गराउन खोज्दै छु । मभित्रका गन्थन बुझेपछि तिमी गुनासोरहित हुनेछ्यौ भन्ने आशा गर्दै छु ।

कुरा एस.एल.सी. परीक्षा दिएपछिको हो । म त्यस बेला संसारको छक्कापञ्जाको खेल जान्दैनथेँ । भर्खरै कुरकुरे बैँसले छुँदै थियो । राम्रो जति मेरै हो भन्ठान्थेँ । समाजले के भन्छ भन्ने कुरामा भन्दा पनि मैले चाहेको कुरा कसरी पूरा हुन्छ भन्ने विषयमा चिन्तनशील रहन्थेँ ।

एस.एल.सी. परीक्षाको समाप्तिसँगै म पढाइलेखाइबाट फुर्सदिलो भएँ । नजिकैको स्कुलमा निःशुल्क पढाउने मौका पाएँ । गरिबीको दलदलमा फसिरहेको मेरो परिवारले मबाट धेरै कुराको आशा गरिरहेको थियो । यस्तो परिस्थितिमा दिनभरि स्कुलतिर अलमलिनु र खाना खान भने घर धाउनु मिल्दो कुरा थिएन । त्यसैले विद्यार्थीलाई ट्युसन पढाउँदै खर्च निकाल्न थालेँ ।

सबैले मेरो मिहिनेत र इमानदारीको कदर गर्थे । एस.एल.सी. परीक्षा पास गरेमा मास्टरीमा अस्थायी नियुक्ति दिने कुरा हेडमास्टरले गरेका थिए । त्यसले पनि ठूल्ठूला सपना सजाउन मलाई मद्दत गरेको थियो ।

एक दिन म स्कुलमा पढाइरहेको थिएँ । एउटी उज्यालो मुहारकी अधबैँसे महिला टुप्लुक्क देखा परिन् । उनी हेडसरकहाँ पुगिन् । आफू आउनुको औचित्य स्पष्ट पार्न कुराकानी सुरु गरिन् । आफ्नो घरमा बसेर नानीहरू पढाइदिने शिक्षक चाहिएको भनाइ राख्दै भनिन्– “हमरा घरमे रहि कऽ बच्चा बुच्ची पढबै वाला मास्टरजी चाही ।”

हेडसरले पनि मलाई देखाउँदै भन्नुभयो– “उहाँसँग कुरा गर्नुस् । उहाँ हाम्रो नयाँ सर भए पनि मिहिनेती हुनुहुन्छ ।”

बातचितकै दौडानमा थाहा पाएँ, ती महिला पहाडे मूलकी रहिछन् । उनका दुई छोरी र एक छोरा रहेछन् । मैले तिनैलाई पढाउनुपर्ने रहेछ । उनकै घरमा खाने–बस्ने प्रबन्ध हुने रहेछ । जीवन चलाउन मुस्किल परेको बेला यस्तो प्रस्ताव मेरा लागि ‘ढुङ्गा खोज्दा देउता मिले’ जस्तो भयो । त्यसै दिनदेखि म उनकहाँ रहने र पढाउने काम गर्न थालेँ ।

सबैभन्दा ठूली छोरी मालती उमेरमा मसरहकी रहिछन् । व्यापार–व्यवसायमा बाबुलाई सघाउन काठमाडौँ जाँदा–आउँदा गर्दागर्दै परीक्षा दिन नपाएर अनुत्तीर्ण हुँदै आएकी रहिछन् । बाबुले काठमाडौँमै जागिर लगाइदिएछन्, त्यसपछि भने उनले पूर्णरूपले पढाइ छाडेकी रहिछन् । केही वर्ष छाडेको पढाइलाई फेरि जोड्न खोजेकी रहिछन् । शारीरिक रूपमा त उनी माथिल्ला कक्षाका लागि सक्षम देखिन्थिन् । जे होस्, उमेरअनुसार पढाइमा भने तल्लो कक्षा थियो । यद्यपि कक्षामा उनको उपस्थिति नियमित थियो । पढाइलेखाइमा ध्यान पनि दिन्थिन् । म केवल एक शिक्षकको रूपमा उनीसामु पेस हुन्थेँ ।

म सधैँ सुकिलो–मुकिलो बनेर बस्थेँ । सोझो बाटो मात्र हिँड्थेँ । छक्कापञ्जाको खेल बुझेकै थिइनँ र बुझ्न पनि चाहन्नथेँ । ज्ञानवान् हुनाले मान्छेले अरूको अहितमा काम गर्न सुहाउँदै सुहाउँदैन भन्ने विचार राख्थेँ ।

एक दिन उनका पिताजी समेत काठमाडौँबाट फर्किए । मालतीका पिताले मेरो चालचलन र इमानदारीको खुलेरै प्रशंसा गरे । मजस्तो सरल र स्वाभाविक खालको मान्छेलाई घरज्वाइँ बनाउन जो पनि राजी हुन्छन् भनेर ठट्टा गरे । मैले भने लाजले मुन्टो निहुराएँ ।

घरमा मीठो–मसिनो बन्यो । रमझम भयो । दारुपानी चल्यो । आश्चर्य, बच्चाहरूकै सामु श्रीमान्–श्रीमती दुवैले स्थानीय दारुपानी पिए । मलाई पनि लिन कर गरे । म लिनु त परै जाओस्, अहिलेसम्म छोएको पनि छैन भनी तर्किएँ । र, जीवनमा कहिल्यै नछुने वाणी पनि ओकलेँ ।

वसन्त आयो । पालुवा लाग्यो । मगमगाउँदो वातावरण बन्यो । मेरा विद्यार्थीहरू पनि नयाँ कक्षामा प्रवेश गर्न पाएकोमा प्रफुल्ल थिए । सबैले नयाँ–नयाँ किताब–कापी पाए । पहिलेभन्दा बढी लेखपढमा ध्यान दिन थाले ।

उता मालती भने हर्दम मुस्कुराउन थालिन् । उनको मुस्कान मेरो मनमा बस्न थाल्यो । उनी किन मुस्कुराउँथिन्, त्यसको भेउ पाउन नसके पनि मुस्कुराउँदा गालामा देखिने डिम्पलका कारण उनी संसारभरकै राम्री नारी हुन् भन्ने लाग्न थालेको थियो । रहँदाबस्दा एक पटक उनले एउटा कागजको पाना मेरो हातमा थम्याइन् र अपूर्व मुस्कानका साथ भनिन्– “कृपया चाँडै जवाफ फर्काउनुहोला ।”

पत्रमा लेखिएको थियो :
प्रिय राजदेव,
आज म मनमा गुम्सिएको उहापोह पोख्न खोज्दै छु । मलाई विश्वास छ, यसलाई तिमी सहर्ष स्वीकार गर्नेछौ । मैले तिमीलाई कहिल्यै शिक्षकको रूपमा हेरिनँ । सधैँ नजिकको शुभचिन्तक मित्रको रूपमा मात्र हेरँे । यसो गर्नु मेरो भूल हो या समयको माग ! मैले छुट्याउन सकेकी छैन ।

धेरै दिनदेखि मनमा गुम्सिएको भावना आज खोल्दै छु । कसरी भनूँ, कताबाट थालूँ, प्रतिक्रिया कस्तो होला, परिणाम कस्तो आउला ? अहिले मेरो मनमा यस्तै कुराहरू खेलिरहेका छन् । म औपचारिक अध्ययनको मामलामा भलै कमजोर होऊँला, तर हातमा सीप छ । गलैँचा बुन्ने तालिम सिकेकी छु । कपडा सिलाउन सक्छु । एक समय जागिर खाएर मनग्यै पैसा कमाएँ ।

बाबुले मेरो बिहे गराउन लाग्नुभएको थियो । केटो ‘नपढेकी झुत्रीसँग बिहे गर्दिनँ’ भनेर झर्कोफर्को गर्दै गयो । त्यस घटनापछि बुबाकै इच्छाको सम्मान गर्न मैले पढाइलाई निरन्तरता दिएकी हुँ ।

कुरा के भने नि राजदेवजी ! हामी अरू सबैका आँखामा सुहाउँदो जोडी छौँ रे । यस कुरालाई साकार रूप दिन हामी जीवनभरका लागि एक बनौँ । मलाई तिमीबिना धर्ती बिरसिलो लाग्न थालेको छ । धेरै कुरो लेखिनँ । तिम्रो स्वीकृति बेगर ठूलो मन बनाउनु पनि भएन ।

खै, अरू कुरा के भनूँ । तिमीभित्र पनि विराट् क्षमता सल्बलाइरहेको देखेकी छु । दिमाग खियाएर र पसिना लगानी गरेर हामी आफ्नो सुन्दर संसार सिर्जना गर्न सक्छौँ भन्ने निष्कर्षका साथ प्रेम प्रस्ताव राखेकी छु । मलाई तिम्रो जात, थर र खानदानबारे सोधपुछ गर्नु छैन । सिर्फ तिम्रो व्यवहार नै मलाई मन खोल्न काफी छ । मेरो विश्वासलाई असफल बन्न दिनेछैनौ भन्ने पूर्ण भरोसामा छु ।

म मान्छे सिर्फ विचार र व्यवहारको धरोहर हो भन्दछु । विचार ठीक छ र व्यवहार त्यही अनुरूपको छ भने त्यो नै पूर्ण मानव हो । म आफू पनि पक्का छु र पक्का व्यवहार गर्नेलाई नै हृदयदेखि मन पराउँछु ।

समाजमा मान्छेका नाममा अभिशापहरू यत्रतत्र सल्बलाइरहेका छन् । तिनले मेरो जीवन नै ध्वस्त पार्ने सम्भावना भएका कारण मैले आफ्नो मनोभावना तिम्रा सामु प्रकट गर्नुपरेको हो । जीवनको फैसलामा आमाबाबु र घरपरिवार सहयोगी हुन सक्छन् तर निर्णायक हुन सक्दैनन् भन्ने मेरो ठहर छ । कृपया अन्यथा नमान्नू । मेरा कुरा अनुचित लागे मलाई अज्ञानी केटी सम्झी चिठी च्यातेर दबाइदिनू । थोरै मात्रामा पनि म ठीक छु जस्तो लागे रमाइलो संसार सिर्जनामा हामी एक हुन हात बढाउनु भन्दै पत्र अन्त्य गर्दछु । धन्यवाद !

तिम्री शुभचिन्तक
मालती

×××

ज्योति ! म जीवनका प्रारम्भिक पानाहरू पल्टाउँदै छु । समयले जे गर्न भन्यो, त्यही गर्न बाध्य भएको कुरा बताउँदै छु । तिम्रा सामु झुटको खेती गरेर होइन, सत्यको फसल देखाएर मन जित्ने अभियानमा सरिक हुँदै छु ।

तिमीलाई सुनाउन बाँकी धेरै कुरा छन् । म क्रमशः लेख्दै छु । तिमीलाई आपत्ति भयो भने मेरो पत्रका यिनै अक्षरहरूसँगै तिमी मेरो जीवनबाट टाढिन सक्छ्यौ । होइन, सोचसमझ विकसित पार्न सकेकी छ्यौ भने अगाडि पढ्न सक्छ्यौ र मलाई चिन्ने अभियानमा सरिक भइरहन सक्छ्यौ ।

निकै दिनसम्म मालतीको पत्र गोजीमा बोकिरहेँ । के भनेर जवाफ फर्काउने भन्ने द्विविधामा अल्झिरहेँ । आखिर समस्याको समाधान त आफैँले नगरी हुन्नथ्यो । एक रात कापी–कलम लिएर बसेँ :

प्यारी मालती,
तिम्रो विश्वास समेटिएको पत्र पाएको पनि हप्ता दिन भयो । पत्र अप्रत्याशित थियो । मेरो सोचसमझ बाहिरकै थियो । हुन त राम्रा कुरा मन पराउने र त्यो मेरै हुनुपर्छ भन्ने मानसिकता पलाउने उमेरमा हामी पाइला टेक्दै छौँ । वास्तविकता जेजस्तो होस्, वर्तमान प्रिय लागे त्यो नै सर्वस्व हो भनी क्षणभरमै निर्णय गरिहाल्ने र धोका पाएपछि पछुताएर झोक्रिने हाम्रो उमेरकै विशेषता हो ।

हेर मालती ! हेर्दा म जवान देखिऊँला, तर अहिले म १६ वर्षमा हिँड्दै छु । धन नभएकाले पनि संसार बुझ्नबाट वञ्चित छु । जसोतसो जीवनबारे घोत्लिन थालेको छु । सबैका लागि मीठो संसार बनाउन नसके पनि मीठो बोली र इमानदार व्यवहारले संसार आफ्नो बनाऊँ भन्ने लागेको छ । सक्छु वा सक्दिनँ, त्यो भने पछिको कुरा हो । अहिलेसम्म भने सत्यलाई गुरुअस्त्र ठानेर हिँडिरहेको छु । सत्यकै बाटोमा हिँडेर जीवन बिताउने प्रण गरिरहेको छु ।

अब तिम्रो प्रश्नतिर ध्यान मोड्छु । पूर्णतः परिवर्तन गरी समाजलाई प्रगतिको पथमा डोहोऱ्याउने हो भने मानिस जातीय सोचबाट माथि उठ्नुपर्छ । अन्तरजातीय विवाहले राज्यबाट मात्र नभई जनस्तरबाटै पुरस्कार पाउनुपर्छ । म त अझ भन्छु– यादव, मण्डल, विश्वकर्मा, राम, सदा, बस्नेत, कार्कीजस्ता थरहरू लेख्नु आवश्यक छैन । मान्छेलाई मान्छे हुनबाट वञ्चित पार्ने यस्ता जातीय थरहरूको कुनै काम छैन । थर र जातको लहरो तानेर नै मान्छेले मान्छेलाई मान्छे नगनेको हो । म मान्छे समाजमा सम्मानित भएर रहन पाउनुपर्छ भन्ने मानसिकताको व्यक्ति हुँ । अन्तरजातीय वैवाहिक सम्बन्धले समाजमा बलियो छाप राख्छ भन्ने सोचको मान्छे हुँ ।

समाजको मुख्य समस्या नै सांस्कृतिक सवाल हो । म सांस्कृतिक रूपमा अग्रगामी रूपान्तरणका लागि हरतरहले तयार नभएको मानिसलाई सुझबुझयुक्त ठान्दिनँ । जातीय अहङ्कार र पुर्ख्यौली सानका आधारमा वर्तमानको रथ हाँक्न खोज्नेसँग म टेर्दै टेर्दिनँ ।

मालती ! मेरा कुरा यस्तै छन् । म धेरै अघि बढेको पनि छैन र धेरै तल खसेको पनि छैन । धेरै सोच्ने समय पनि छैन । अतः अहिले नै कुनै प्रकारको ठोस निर्णय गरेर जीवनलाई अल्झाउनु पनि ठीक होइन । सम्झना रहिरहोस्, सुमधुर सम्बन्ध कायम भइरहोस् । तिम्रा कुरालाई सम्मान गर्छु तर धेरै कुरा अनिर्णयमै रहोस् भन्दछु । परिस्थितिलाई हातमा लिएर अघि बढौँला । अहिलेलाई चाहिँ यत्ति !

तिम्रो शुभचिन्तक
राजदेव

ज्योति ! मेरो पत्रले मालतीलाई कस्तो प्रभाव पाऱ्यो कुन्नि ! उनी धेरै दिनसम्म भावनामा बगिरहिन् । मेरो छेउछाउ आइनन् । मेरा लागि उनको बोली बन्द भयो । म एकोहोरो बोल्थेँ, पढाउँथेँ, खाना खान्थेँ । स्कुल पुग्थेँ, बेलुका आउँथेँ, नास्ता खान्थेँ । आफ्नो ट्युसनका लागि ढेडुझुला चोक पुग्थेँ । साँझमा फर्कन्थेँ र अनि उही चक्र दोहोऱ्याउँथेँ ।

यसरी मालतीको बोली मात्र बन्द भएन, मुस्कान समेत बन्द भयो । हँसिली, फरासिली र फुर्तिली मालतीपन गायब भयो । यो सबको कारण मेरै पत्र हो भन्ने ठम्याउन मलाई मुस्किल परेन । जति सम्झाए पनि हडबड गर्दिरहिछन् । धैर्य धारण गरेर समयलाई पर्खन सक्तिरहिछन् । अझ रूपान्तरणलाई पचाउन नसक्ने नारी पो रहिछन् भनेर चित्त बुझाउन थालेँ ।

केही दिनको घरबसाइपश्चात् बाबु–छोरी काठमाडौँ हानिए । मुटुको टुक्रा शरीरबाट अलग भएझैँ भान भयो । अवचेतन मनले म मालतीको प्रेममा फँसिसकेको आभास भयो । घर फेरि रित्तो भयो । वरपरको वातावरण शून्यझैँ भयो । घरका भित्ताको रङ उडेजस्तो लाग्यो । सबै कुरा विरसिलो लाग्न थाल्यो । पढाउने मन पनि हराउन थाल्यो र पढ्ने जाँगर पनि सेलाउन थाल्यो । खानामा रुचि घट्न गयो र निद्रा पनि भाग्न थाल्यो । सम्पूर्ण अनुकूल परिस्थिति काठमाडौँ हानिएजस्तो लाग्यो । प्रतिकूल परिस्थिति मात्र बाँकी रहेजस्तो भयो ।

रातोदिन उनी नै मनमस्तिष्कमा छाउन थालिन् । उनले मलाई त्यत्रो प्रभाव पनि छाडेकी होइनन् र उनको प्रस्तावलाई स्वीकार गरेर मैले वचन पनि दिएको होइन । सायद अल्लारे उमेरकै गुण होला । उमेरले नै आफूलाई सम्झाउने र बिर्साउने गर्दो रहेछ । उनको विचारलाई पक्कै अपमान गरेको थिइनँ र सम्मान गर्न पनि चुकेको थिइनँ । तर, अपनाउन भने उमेर र समयले दिएको थिएन ।

भेट्न जाऊँ, सम्भव थिएन । फोन गरूँ, त्यो झन् सजिलो भएन । त्यस बेला सबैका गोजीमा मोबाइल हुने कुरै भएन । अझ फोन गर्न निकै टाढा जानुपर्थ्यो । अहिलेको तुलनामा सेवा धेरै महँगो पनि थियो । ढेडुझुला चोकमा एउटाले सिडिएमए फोन राखेको थियो । फोन रिसिभ गर्दा पनि पटकैपिच्छे १० रुपैयाँ तिर्नुपर्थ्यो । मान्छे खटाएर बोलाएको र ब्याट्री चार्ज गरेको शुल्कका रूपमा त्यो रकम बुझाउनु त्यहाँको मात्र नभई अन्यत्रको पनि नियम थियो ।

एक दिन दस वर्षको केटो दगुर्दै आयो र “सर ! सर !” भन्दै मेरो नजिकै बस्यो । एक क्षणपछि उसमा बोल्ने साहस आएछ– “सर ! अहाँके काठमाडुलसँ फोन आएल अछि । मालिक अहाँके बजा रहल अछि ।” उसले एकै सासमा काठमाडौँबाट मेरो लागि फोन आएको र डाक्न साहुले पठाएको कुरा भनी सिध्यायो ।

त्यस कुराले मलाई चकित तुल्यायो । आमाबुबा गाउँमा खेतबारीमा तरकारी उब्जाएर बाँचेका छन् । भएको एउटा दाजु गाउँमै मालिकको सेवामा जुटेको छ । आफैँ कमाएर पढ्ने ध्याउन्नमा म अर्काको घरमा बसेर पढ्ने र पढाउने काम गरिरहेको छु । मेरा मान्छे काठमाडौँमा छँदै छैनन् । कसले फोन गऱ्यो त ?

मनमा कुरा खेलाइरहँदा झट्ट मालतीको याद आयो । उनको आकृति सम्झँदै पनि मन पुलकित भएर उठ्यो । अझ उनको कोइली बिर्साउने मधुर वाणी श्रवण गर्न पाए कति सुखानुभूति हुने थियो ! म कल्पनामै पौडी खेल्न पुगेँछु । कतै मेरो मनमा आँधी आएझैँ उनको मनमा पनि आयो कि ? उनी त पैसा कमाउने मान्छे हुन्, पैसा हात परेपछि खर्च गर्ने अवस्थामा हुन्छिन् । मन ढक्क फुलेर आयो ।

हत्त न पत्त कपडा लगाएँ । दशको नोट गोजीमा बोकेँ र दगुरेँ ढेडुझुला चोक । म पुगेको दस मिनेटमै फोन आयो । काठमाडौँको नम्बर देख्नासाथ साहुले मलाई दियो । कानमा लगाउनुपर्नेमा हातमै रिसिभर लिएर केही बेर खडा भइरहेँ । के गरौँ, के नगरौँ भइरहेको थियो । उताबाट ‘हेलो ! हेलो’ भनेको नारी स्वर सुनिरहेको थिएँ । साहुले नै हातको रिसिभर काननजिक पुऱ्याइदियो ।

“राजदेव ! एलै, मालिक !” मेरो खोजी गरेको आवाज सुनियो ।
“हजुर म राजदेव बोल्दै छु ।” मैले नेपाली भाषामै जवाफ फर्काएँ ।
“हजुर त कस्तो मान्छे, म बोल्दिनँ !” लाडे नारी स्वर सुनियो ।
“के भो र ! मैले के गरेँ र ?” म अबुझ भएको बहाना गर्न थालेँ ।
“यहाँ आफूलाई कस्तो भएको छ ! सम्झना आएर मर्न लागिसकेँ ।” मालती नै बोलेको प्रस्ट आभास गर्न पुगेँ ।
“ठीकै छ । तिम्रो खुसीमा मेरो पनि खुसी रहनेछ ।” मैले सान्त्वनाको आवाज निकालेँ ।
“उसो भए मेरो प्रस्ताव पारित भयो त ?” उनको कडा प्रश्न मेरा सामु उभियो ।
“तिम्रो सुख मेरो सुख र तिम्रो दुःख मेरो दुःख भनेपछि कुरा सकिएन र ?” मैले उल्टै प्रश्न राखेँ ।
“हैन, म त्यत्रो गहिरो कुरा बुझ्दिनँ । मैले पत्रमा व्यक्त गरेको विश्वासमाथि कुठाराघात हुँदैन नि ?” कडा नारी प्रश्न पुनः तेर्सियो ।
“हुँदैन, हुँदैन । बिल्कुल हुँदैन । तिमी जे चाहन्छ्यौ, त्यही हुन्छ ।” मैले हार स्वीकार गरेको आभास दिलाएँ ।
“थ्याङ्क्स गड ! उसो भए म एक फेरा बिदा मिलाएर आउँछु ।” मालतीले विजयी आवाज निकालिन् ।
“हुन्छ । आउँदा मलाई उपहार लिएर आउनू ।” मैले पनि मौकामा चौका हान्ने सुरले भनिदिएँ ।
“अवश्य ! लौ राखेँ है त ।” उनले रिसिभर राखिदिइन् । म केही बेर कानमै रिसिभर टँसाएर उभिइरहेँ । साहुको सङ्केतले राखिदिएँ ।

मन हलुङ्गो भयो । खुसी नै खुसी वर्षिएजस्तो लाग्यो । १० रुपैयाँ साहुलाई बुझाएर म डेरातर्फ हानिएँ । त्यस बेलादेखि मन ढुक्क भयो । खाना पनि रुच्न थाल्यो, पढाउन मन पनि हुन थाल्यो, पढ्न जाँगर पनि चल्न थाल्यो र निद्रा पनि लाग्न थाल्यो । चौतर्फी लाभैलाभ आर्जन भएको महसुस हुँदो भयो ।

∎∎∎∎∎
क्रमशः


–०००–
तपेश्वरी–१, गल्फडिया, उदयपुर

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

उपन्यास गरुराहा नन्दलाल आचार्य

यो पनि पढ्नुहोस्...

कथा : मौन अवधि | हाम्रो कथाघर

सुरेशकुमार पाण्डेका पाँच लघुकथा | हाम्रो कथाघर

यौन-लघुकथा: विसर्जन | नारायन नाथ योगी | हाम्रो कथाघर

लघुकथा: बासस्थान | डा. हंसराज | हाम्रो कथाघर

लघुकथा: राँटो | ईश्वर पोखरेल | हाम्रो कथाघर

कथा: साइतको विवाह | हाम्रो कथाघर

♈ दैनिक राशिफल ♎

विशेष

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: २४

बाल-उपन्यास: अद्भूत विवाह | हाम्रो कथाघर

पुस्तक समीक्षा: “अमेरिकाको घाम” लाई नजिकबाट नियाल्दा | हाम्रो कथाघर

कथा: साइतको विवाह | हाम्रो कथाघर

भर्खरै

उपन्यास : तेजस्विनी सदन | भाग: ०२

माघ २७, २०८२

उपन्यास: गरुराहा | अध्याय: ०६ | हाम्रो कथाघर

माघ २६, २०८२

स्मार्ट कविता श्रृङ्खला: ५७ | हाम्रो कथाघर

माघ २५, २०८२

लघुकथामा एक प्रयोग अङ्क: ३६ | हाम्रो कथाघर

माघ २५, २०८२

गजल श्रृङ्खला: ३६ | हाम्रो कथाघर

माघ २५, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.