कवि: अनु अर्याल
उसले हाँस् भन्दा म हाँस्नुपर्ने रे,
उसले नाच भन्दा म नाच्नुपर्ने रे ।
यो गर, त्यो गर—
सबै निर्णय उसैले गर्ने रे,
अनि म
उसले गरेका निर्णय
पछ्याउँदै बाँच्नुपर्ने रे ।
घरको संस्कार उसका लागि
फूलैफूलको आँगन जस्तै,
तर, मेरा लागि भने
बन्देज बनाइएको कैदजस्तै हुनुपर्ने रे ।
भन्दै रुन्थे पहिलेका छोरीहरू ।
आज
यही समाजमा
थोरै भए पनि
सोच परिवर्तन भएको
आभास हुन्छ ।
हिजो मौन थिइन् छोरी,
आज आवाज बनेकी छन् ।
निर्णय खोज्ने मात्र होइन,
अब भविष्य लेख्ने भएकी छन् ।
चिन्ता नगर्नु बा,
अब तपाईँका छोरीहरू
यो समाजका गलत निर्णयलाई
समर्थन गर्ने होइन,
आफ्नो अधिकारका लागि
औँला उठाउन सक्ने भएका छन् ।
धनगढी, कैलाली
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



