कवि : कौशी बहादुर सिंह
आरामले सुत्न पाउँदैन
ढुक्कले खान पाउँदैन !
रातको १२–१ बजे फोन आउँछ
“कुनै चोकको नाम लिँदै
चोरी भयो, काटमार भयो, छिटो आइदिनु”
आँखा मिच्दै, थकान बोकेर
ऊ त्यहीँ पुग्छ बाध्य भएर
तर खै किन हो कसैलाई मन पर्दैन प्रहरी ?
प्रहरी,
न सत्ता पक्षको हुन्छ
न त प्रतिपक्षको नै
भिडमा ढुङ्गा खान बाध्य हुन्छ
आन्दोलनकारीको !
आफ्नो ज्यान दाउमा राखेर
अरूको जिउधन जोगाउँदा पनि
खै किन मन पर्दैन प्रहरी ?
भोको पेट, थाकेको शरीर
निद्रा नपुगेको आँखासहित
हाम्रै सुरक्षाको लागि
ड्युटीमा खटिएको प्रहरीले
गाली खानुपर्ने हो र ?
घृणित हुनुपर्ने हो र ?
प्रहरी पनि त मान्छे नै हो,
कसैको छोराछोरी हो !
कसैको श्रीमान्-श्रीमती हो,
कसैको बाआमा हो !
कसैको दाजुभाइ, दिदीबहिनी हो,
उसको पनि परिवार छ !
ऊ कसैको जिउने आधार हो
उसको शरीर पनि मासु र रगतकै हो !
उसलाई पनि त दुख्छ नि
खै किन बर्सिन्छन् ढुङ्गाहरू उसका शरीरमाथि ?
एकछिन स्वच्छ दिमागले सोच्नुहोस्
जब जीवन अन्धकारले घेरिन्छ
गुन्डाको प्रहार सहनुपर्छ !
छोरीबेटी असुरक्षित महसुस गर्छन्
त्यो अवस्थामा सबैभन्दा पहिला
कसको नाम सम्झनुहुन्छ ?
त्यो हो प्रहरी !
हामी सबैलाई चाहिन्छ प्रहरी
तर खै किन मन पर्दैन प्रहरी ?
नलगाड न.पा. –०९, जाजरकोट
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



