Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

स्मारिका : सात वर्ष: प्रतीक्षादेखि परिणयसम्म | प्रभात न्याैपाने

चैत्र ३, २०८२

उपन्यास : गरुराहा | नन्दलाल आचार्य | हाम्रो कथाघर

चैत्र २, २०८२

कथा : जार बोका | देबकी के. सी. | हाम्रो कथाघर

चैत्र २, २०८२

नारायण नाथ योगीका पाँच लघुकथा | हाम्रो कथाघर

चैत्र २, २०८२

सुरेशकुमार पाण्डेका चार लघुकथा | हाम्रो कथाघर

चैत्र २, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » कथा : जार बोका | देबकी के. सी. | हाम्रो कथाघर

कथा : जार बोका | देबकी के. सी. | हाम्रो कथाघर

आख्यान - कथा
देबकी के. सी.देबकी के. सी.चैत्र २, २०८२1K Views
शेयर गर्नुस Facebook Twitter Copy Link Email WhatsApp
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

कथा : जार बोका
कथाकार : देबकी के. सी.


“ए लठेब्रो ! तेरो स्वास्नी तारा त पोइला पो गइछे, होइन ?” स्वर्गकी अप्सरा जस्ती स्वास्नी यस्तो लठेब्रोसित के खाएर टिकोस् ! बिहे गरेको यतिका वर्ष हुँदासम्म बालबच्चा पनि थिएनन् । “नामर्द हो कि क्या हो यो अलक सिंह त ?” भनेर गाउँलेहरूले जिस्काउँदा अलक सिंह बेस्सरी रिसाउँथ्यो । नबुझिने गरी के-के भन्दै गाली गर्थ्यो । त्यो देखेर गाउँलेहरू झनै हाँसो गर्थे । हुन त अलक सिंहको भाषिक अशुद्धता थियो । बोली लठेब्रो थियो । अनुहार पनि खासै राम्रो थिएन । तर उसकी स्वास्नी तारा असाध्यै राम्री थिई ।

तारा पोइला हिँडेपछि अलक सिंह निकै छटपटिएको थियो । ऊ मनको छटपटी मेट्न र मन बहलाउन गाउँको अलि माथि डाँडामा रहेको ठूलो भगवतीको मन्दिरमा आउँथ्यो । भगवतीको मन्दिर निकै प्रख्यात थियो । देश–विदेशबाट तीर्थयात्री र पर्यटकहरू भगवतीको मन्दिर दर्शन गर्न र हेर्न आउँथे । त्यहाँ भगवतीको नाउँमा थुप्रै बोकाहरू गलामा घण्टी बाँधेर चढाइएका थिए । त्यहाँ चढाइएका बोकाहरू छाडा भएर होला निकै फुर्तिला र चलाख थिए । साँढे जस्ता बलवान् देखिन्थे । छिप्पिएर अगाडि आउनै नहुने गरी डुङडुङ गनाउने भएका थिए । त्यहाँ आउने पर्यटक र तीर्थयात्रीहरूलाई पाए झम्टेर खाउँलाझैँ गर्थे ।

बिचरा ! अलि उमेर छिप्पिएका वृद्धवृद्धा र बालबालिकाको त ती छाडा भगवतीका बोकाहरूले सात्तो लिन्थे । “यी भगवतीलाई चढाइएका बोकाहरू के विधि छिल्लिएका ? कति साँढे पल्टिएका ? शक्तिशालीझैँ गरी मार्न खोज्छन्” भन्दै कतिपयले त ती बोकाहरूलाई गाली गर्थे । कतिपय तीर्थयात्रीहरूले चाहिँ “भगवतीलाई चढाइएका बोकाहरूलाई गाली गर्न हुन्न, भगवती रिसाउँछिन्, पाप लाग्छ” भन्थे ।

सबैले ‘लठेब्रो’ भनेर गिज्याउने अलक सिंह मन भुलाउन प्रायजसो त्यही भगवतीको मन्दिरमा पुग्थ्यो । त्यहाँ उसलाई एउटा निकै छिप्पिएको कालो बोकाले हान्न खोज्यो । ऊ त्यहाँ छाडिएका बोकाहरूमध्ये हेर्दै निकै शक्तिशाली देखिन्थ्यो । अगाडि आउनै नहुने गरी डुङडुङ गनाउँथ्यो । त्यसले अलक सिंहलाई मात्र होइन, त्यहाँ उपस्थित तीर्थयात्रीहरूको पनि सात्तो लियो । सबैले उसलाई लखेट्न खोजे । लखेट्ने क्रममा उसले अलक सिंहलाई नराम्रोसित सिङले हानेर लडाइदियो । अलक सिंह मन्दिरमै लड्यो । उसलाई त्यो बोकासित निकै रिस उठ्यो । त्यो छिप्पिएको गनाउने बोकाले निकै हसिलो मुहार लगाउँदै अलक सिंहतिर हेरेर ‘हुतुतुतु’ गरेर हाँस्यो । अनि टुक्रुक्क बसेर आफ्नो गोडा अलिकति फटाएर उसले आफ्नो लिङ्ग अलक सिंहलाई देखायो ।

अलक सिंहलाई त्यो भगवतीलाई चढाइएको बोकासित निकै रिस उठ्यो । यो समाजले आफूलाई ‘नामर्द’ भनेर गिज्याएझैँ उसले आफ्नो लिङ्ग देखाएर आफूलाई गिज्याएको महसुस गर्‍यो अलक सिंहले । आफ्नो लिङ्ग देखाउँदै ‘हुतुतु’ गरेर हाँस्ने त्यो बोकाको अनुहारमा अलक सिंहले आफ्नो जारलाई देख्यो । आफ्नो स्वास्नी लाने जारले आफैँलाई हुत्तिहारा र नामर्द भनेर गिज्याएझैँ लाग्यो उसलाई त्यो बोका देखेर । हुने भए उसलाई तत्काल त्यहीँ दुई टुक्रा पारेर छिनाइदिऊँ जस्तो लाग्यो । अलक सिंह बिस्तारै उठेर त्यो बोकालाई बेस्सरी गाली गर्‍यो । कुटौँलाझैँ गरेर झम्टियो । अलक सिंहको गाली र झम्टाइले त्यो बोका एक रत्ति पनि डराएन । उल्टै हाँसेर गिज्यायो ।

अलक सिंहलाई त्यो बोकासित उठेको रिस शान्त भएकै थिएन । उसले बोकालाई रिसाउँदै भन्यो, “तँलाई जार ! तेरो यत्रो घमण्ड र तागत मलाई मार्न खोज्ने ? तैँले मेरो शक्ति देखेकै छैनस् । तँलाई म नपुंसक बनाउँछु” भन्दै लठेब्रो पारामा गाली गर्‍यो । अलक सिंहले लठेब्रो पारामा भुतभुताउँदै बोकालाई गाली गरेको देखेर कतिपय तीर्थयात्री र पर्यटकहरू हाँस्न थाले । कतिपयले भने अलक सिंहलाई नै गाली गर्न थाले ।

तर अलक सिंहको रिस भने एक रत्ति पनि मरेको थिएन । ऊ फतफताउँदै घरतिर लाग्यो । घरमा पुगेपछि पनि उसले त्यो बोकालाई सम्झेर एक्लै गाली गर्दै भन्यो, “तेरो अनुहार त साँच्चै मेरो जारसित मेल खान्छ । तँ आफ्नो छिल्लिएको बडेमानको लिङ्ग मलाई देखाएर मलाई नपुंसक भन्न खोजेको होला ? म तँसित बदला नलिई कहाँ पो छाडौँला र ?”

भोलिपल्ट अलक सिंह बजारतिर लाग्यो । बजारमा गएर उसले तेजाब किन्यो । जब रात पर्‍यो, ऊ बिस्तारै डाँडामा रहेको भगवतीको मन्दिर पुग्यो । त्यहाँ रातभर मन्दिरवरपर नै गनाउने बोकाहरू बस्छन् भन्ने अलक सिंहलाई थाहा थियो । जब ऊ मन्दिर प्रवेश गर्‍यो, त्यो बोकाको गन्धले नाक नै दुर्गन्धित भएको महसुस गर्‍यो उसले । टाढैबाट उसको नाकमा ठोक्किन आएको बोकाको गन्धले उसलाई त्यो छिल्लिएको बोका त्यहीँ छ भनेर पत्ता लगाउन गाह्रो भएन ।

अलक सिंह मन्दिरको पेटीमा पुग्यो । त्यहाँ आफ्नो जार ठानेको बोका सुतिरहेको थियो । उसले त्यो बोकाको अनुहार, शरीर र त्यो बडेमानको लिङ्गमा तेजाब हालिदियो । त्यो बोका छटपटायो । चिच्यायो । अरू बोकाहरू पनि भागमभाग गर्न थाले । तेजाबको असरले त्यो शक्तिशाली बोकाको शरीरमा घाउ नै घाउ भयो । ऊ क्षणभरमै घिनलाग्दो देखियो । उसको त्यो अवस्था देखेर अलक सिंह खुसी भयो । “मेरो जार कुरुप भयो । नपुंसक भयो । मलाई उत्तेजित हुँदै लिङ्ग देखाउँथिस्, आज तेरो लिङ्ग पनि घाइते भयो । तँलाई जार ! ठिक्क भयो” भन्दै अलक सिंह बेजोडले हाँस्न लाग्यो । उसलाई देखेर सबै बोकाहरू डराएर परपर भागे ।

भोलिपल्ट भगवतीको मन्दिर आउने सबैले त्यो कालो बोकाको बिजोग देखे । त्यहाँ त्यो बोकाको अवस्था देखेर ठूलै बहस चल्यो । “यो भगवतीलाई चढाइएको कालो बोकालाई कसले तेजाब हाल्यो ? त्यसलाई त खोजेर पुलिसकहाँ लैजानुपर्छ । यो त भगवती देवीको बोका हो । यसलाई कसले यस्तो गर्‍यो ? अब अनिष्ट हुन्छ । के दशा आइपर्ने हो अब लौन !” भन्दै हल्ला चल्न थाल्यो । त्यो हल्ला अलक सिंहको कानसम्म पनि आइपुग्यो ।

तर ती हल्लाले अलक सिंह अलिकति पनि डराएन । ऊ त “मैले स्वास्नी भगाउने जार काट्न नसके पनि यो मेरो जारको अवतार परेको भगवतीको नाउँको कालो बोकालाई कुरुप पारेँ, नपुंसक पारेँ” भन्दै अलक सिंह खुसीले गदगद भयो । जसलाई उसले जार भनेर बदला लिन खोज्यो, त्यो मन्दिरमा चढाइएको एउटा जनावर मात्रै थियो, जो आजीवन आफ्नो स्वतन्त्रताको उपभोग मात्र गर्न खोज्थ्यो । आफ्नो जारको रिस र मन्दिरमा उसले लडाइदिएको निहुँ पारेर बदला लिन अलक सिंहले त्यो निर्दोष जनावरमाथि अत्याचार गर्‍यो र आफ्नो जारसितको रिस मेट्यो ।

तर, उसको यो पाशविक कार्य धेरै दिन लुक्न सकेन । मन्दिरमा जडान गरिएको सीसीटीभी फुटेज र स्थानीयहरूको शंकाका आधारमा प्रहरीले अलक सिंहलाई पक्राउ गर्‍यो । जब प्रहरीले उसलाई हत्कडी लगाएर गाउँबाट लैजाँदै थियो, तब तिनै गाउँलेहरू जो हिजो उसलाई ‘लठेब्रो’ र ‘नामर्द’ भन्दै जिस्क्याउँथे मात्र, आज उसलाई ‘जघन्य अपराधी’ भन्दै ढुङ्गा हान्न र थुक्न तम्सिए ।

प्रहरीको गाडीभित्र बसेको अलक सिंहले बाहिरका मानिसहरूलाई देख्यो । ऊ रोएन, बरु एउटा डरलाग्दो हाँसो हाँस्यो । उसले सोचेको थियो— ‘आज मलाई अपराधी देख्ने यो समाजले कहिल्यै सोध्यो कि म किन यस्तो भएँ ? मेरो अपमानले मलाई रित्याइरहँदा यो समाज कहाँ थियो ?’


–०००–

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

यो पनि पढ्नुहोस्...

उपन्यास : गरुराहा | नन्दलाल आचार्य | हाम्रो कथाघर

नारायण नाथ योगीका पाँच लघुकथा | हाम्रो कथाघर

सुरेशकुमार पाण्डेका चार लघुकथा | हाम्रो कथाघर

कथा : परिवर्तन | टङ्कबहादुर आलेमगर | हाम्रो कथाघर

कथा : हरेमुरारे ! | डा. टीकाराम पोखरेल | हाम्रो कथाघर

कथा: कोहिनुर | हरिश कल्पित | हाम्रो कथाघर

♈ दैनिक राशिफल ♎

विशेष

सुबिन भट्टराईको कथासङ्ग्रह ‘चमेलीको फूल बैजनी रुमाल’ पढेपछि

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: २४

बाल-उपन्यास: अद्भूत विवाह | हाम्रो कथाघर

पुस्तक समीक्षा: “अमेरिकाको घाम” लाई नजिकबाट नियाल्दा | हाम्रो कथाघर

भर्खरै

स्मारिका : सात वर्ष: प्रतीक्षादेखि परिणयसम्म | प्रभात न्याैपाने

चैत्र ३, २०८२

उपन्यास : गरुराहा | नन्दलाल आचार्य | हाम्रो कथाघर

चैत्र २, २०८२

कथा : जार बोका | देबकी के. सी. | हाम्रो कथाघर

चैत्र २, २०८२

नारायण नाथ योगीका पाँच लघुकथा | हाम्रो कथाघर

चैत्र २, २०८२

सुरेशकुमार पाण्डेका चार लघुकथा | हाम्रो कथाघर

चैत्र २, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.