Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

स्मारिका : सात वर्ष: प्रतीक्षादेखि परिणयसम्म | प्रभात न्याैपाने

चैत्र ३, २०८२

उपन्यास : गरुराहा | नन्दलाल आचार्य | हाम्रो कथाघर

चैत्र २, २०८२

कथा : जार बोका | देबकी के. सी. | हाम्रो कथाघर

चैत्र २, २०८२

नारायण नाथ योगीका पाँच लघुकथा | हाम्रो कथाघर

चैत्र २, २०८२

सुरेशकुमार पाण्डेका चार लघुकथा | हाम्रो कथाघर

चैत्र २, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » उपन्यास : गरुराहा | नन्दलाल आचार्य | हाम्रो कथाघर

उपन्यास : गरुराहा | नन्दलाल आचार्य | हाम्रो कथाघर

आख्यान - उपन्यास
नन्दलाल आचार्यनन्दलाल आचार्यचैत्र २, २०८२1K Views
शेयर गर्नुस Facebook Twitter Copy Link Email WhatsApp
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

स्रष्टा परिचय:


वि.सं. २०३० असारमा जहडा, उदयपुरमा माता भगवती र पिता विष्णुप्रसाद आचार्यका सुपुत्रका रूपमा जन्मिएका नन्दलाल आचार्य नेपाली साहित्यका एक स्थापित स्रष्टा हुन् । हाल बेलका नगरपालिका–२, सिद्धार्थटोल, गल्फडिया, उदयपुरमा बसोबास गर्दै आएका उनले सानैदेखि नेपाली साहित्य लेखनमा रुचि राख्दै वि.सं. २०५३/५४ देखि विभिन्न पत्रपत्रिकामा आफ्ना लेख तथा रचनाहरू प्रकाशन गर्दै आएका छन् ।

साहित्यमा निरन्तर सक्रिय आचार्य नेपाली भाषाका प्रायः सबै विधामा कलम चलाउँछन् । उनका नाटक, समालोचना, निबन्ध, उपन्यास, लघुकथा र कथा विधाका कृतिहरू प्रकाशित छन् । उनले नेपाली साहित्यमा पुर्‍याएको योगदानका लागि एक दर्जनभन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन् ।

हाल उनी विभिन्न साहित्यिक पत्रपत्रिका तथा संघ-संस्थामा आबद्ध रही नेपाली साहित्यको सेवामा समर्पित छन् । उनका महत्वपूर्ण कृतिमध्ये “गरुराहा” उपन्यास विशेष रूपमा चर्चित छ, जसलाई जामुनलाल स्मृति प्रतिष्ठान, उदयपुरले वि.सं. २०७६ मा प्रकाशित गरेको थियो । सो उपन्यासलाई “हाम्रो कथाघर डट कम” अनलाइन पत्रिकाले डिजिटल रूपमा पुनः प्रकाशन गरेको छ ।


अध्याय: ०७

ज्योतिजी ! पाँच दिन बित्यो । मालतीलाई राजधानीले छुट्टी दिएनछ क्यार, उनी आइनन् । हरपल मेरा आँखा बाटातिरै हुन्थे । आँखा टट्टाए, तर मालती आउँदै आइनन् ।

आशङ्काका पहाडहरू जन्मिए, फेरि एकाएक पाताल भासिए । उनी बिल्कुलै आइनन् । मलाई पश्चिम दिशामा आँधीहुरी आएझैँ लाग्यो । बाटैभरि सुख्खा पहिरोले यत्रतत्र बाटाहरू अवरुद्ध भएको आभास भयो । अनिकालले, रोगले र हैजाले काठमाडौँ बचे पनि जण्डिसमुक्त हुन नसकेको अनुभूत भइरह्यो । मान्छे बसे पनि काठमाडौँमा मानवीय संवेदनाशून्य मान्छे थपिँदै गएको अनुभूत भयो ।

छैटौँ दिन बिहान गरुराहाको सूर्य उठेकै थिएन, उठ्ने सुरसार गर्दै हुँदो हो । ‘भाउजू ! भाउजू !’ भन्दै मेरै गाउँको कलुवा मोची ठिङ्ग उभिएको पाएँ । म उसको सामु हाजिर भएँ । ऊ तीन छक्क पर्यो । ऊ सुटबुटसहित राम्रो व्याग बोकेर खडा थियो । म पनि चकित भएँ । सधैँ धुलोमैलोमा लट्पटिएको मान्छे सिनेमाको हिरोको जस्तो पहिरनमा देख्दा मेरो दिमागले काम गरेन । केही समय एकले अर्कालाई हेराहेर गर्यौँ ।

“हे रे रजदेवा ! आइ काइल तुँ एतैए रहै छी ?” म मालतीको घरमा बस्न थालेको थाहै नभएको भान गर्दै उसले प्रश्न तेर्सायो ।
“हँ, छओ महिनासँ एतैए पढबै छी आ रहैछी । तुँ कतऽ सँ एलें ए ?” मैले पनि ६ महिनादेखि बसेको जनाउ दिँदै उसलाई कताबाट आएको भनी प्रश्न राखेँ ।

ऊ काठमाडौँबाट मालतीको सन्देश बोकेर आएको रहेछ । उसले एउटा सानो पोको थम्यायो । भाउजूलाई पढेर सुनाइदिन अह्राउँदै भन्यो– “ई चिठी मालतीके माएके पढि़ कऽ सुना दिहऽ । जे समान छै ओकरा दऽ दिहऽ ।”

ऊ गएपछि पोको खोलेँ । एउटा रुमाल र चिठीको खाम थियो । खाममा बाहिर प्रष्ट लेखेको थियो– “यो चिठी राजदेव सरकै हातमा दिनू । उहाँ मेरो घरमा भाइबहिनी पढाएर बस्नुहुन्छ । –मालती ।”

बिचरा कलुवाको निर्दोषपनमाथि दया लागेर आयो । गाउँका अनपढ सोझासीधालाई समयको चहलपहल बारे के ज्ञान हुनु ! कसैले सुइको नपाउने गरी लेखेको पत्र भन्ने उसले थाहै पाएनछ । यो पत्र अरूको हातमा पुगेको भए कत्रो खैलाबैला मच्चिन्थ्यो ! मनमा नानाभाँतीका कुरा खेल्न थाले । घरको कम्पाउण्ड बाहिर निस्किएँ । खेतको डिलमा बसेँ । पत्र ओल्टाई–पल्टाई हेरेँ । लेखेको थियो–

प्यारो राजदेवजी,

फोनवार्ता पश्चात् मात्र मैले चयनको श्वास फेर्न पाएकी छु । अझ सपनाहरू हुर्केर गएका छन् । अघोरै सुखानुभूतिका साथ त्यो घडी कुरेर बसेकी छु, जुन घडीमा तपाईं र म, म र तपाईं एकअर्कामा मिल्ने छौँ अर्थात् विलय हुने छौँ । हाम्रो शरीर मात्र दुई, तर प्राण एक हुने छ । हामी बिल्कुलै मत्र्यलोकका प्राणीका रूपमा रहने छैनौँ । सम्पूर्ण खुसी र वैभवले भरिपूर्ण भएको प्राणीका रूपमा हुने छौँ ।

तपाईंको पत्र पटक–पटक पढ्छु । जति पढ्छु, उत्ति ऊर्जा आउँछ । उम्रने, फैलने र बढेर आकाश छुने मन हुन्छ । यहीँबाट तपाईंको सुन्दर आकृतिको दर्शन गर्ने लोभ जाग्छ । यस्तो सोचको विश्लेषण गरेर आफैँप्रति हाँस्ने मन पनि हुन्छ । उत्तिखेर त्यत्ति धेरै कुरा बुझेकी थिइनँ । सरल तवरले भनिएको पनि थिएन । घुमाउरो तवरले उत्तिखेरै मेरो प्रस्तावलाई स्वीकार्नुभएको रहेछ । धेरै कुरा अघि बढाउन र बढ्न समय नआइसकेको उल्लेख गर्नुभएको रहेछ । त्यो कुरा बुझेपछि मात्रै मेरो शरीरमा प्राण भरिएर आएको हो । नत्रभने म भित्रभित्रै पाकिसकेकी थिएँ । फतक्क गलेर लत्रनुबाहेक अर्को मसँग बाँकी केही रहेको थिएन ।

म ढुक्क भएँ । सम्पूर्ण चिन्ता हट्यो । थोरै त्रास मात्रै बाँकी छ । आमा सकारात्मक हुनुहुन्छ । बुबा त पूर्णतः नकारात्मक देखिनु स्वाभाविक हो । उहाँको मानसिकता मधेसमा बसेर पनि मधेसीप्रति पूर्वाग्रही छ । पारिवारिक नाता कायम गर्ने कुरामा उहाँ बिल्कुलै सहमत हुनुहुन्न । उहाँ विरुद्ध उभिने साहस मसँग छँदै छैन । तपाईंले साथ दिँदा जस्तासुकै कराल चट्टान फोड्ने साहस पलाउँछ ।

मलाई लाग्छ– जन्माएर, हुर्काएर आमाबाबुले निर्वाह गर्नुपर्ने भूमिका निभाइसक्नुभयो । अब हाम्रो जीवनमा हस्तक्षेप गरेर आफ्नो अनुकूल पार्न खोज्नु भनेको प्राप्त पुण्यलाई पापमा बदल्नु हो । यो मेरो भावना उहाँसमक्ष पुर्याउने कुनै माध्यम छैन । अहिले थाहा पाउनु पनि पर्दैन । हामीले गरुराहा त्यागेपछि र भूमिगत भएपछि ‘पहाडेकी छोरी मधेसीसँग पोइल गइछे’ भन्ने हल्ला चल्ने छ । त्यसपछि उहाँले थाहा पाउनु नै बेस होला ।

काम कुरो अनुकूल भएपछि थाहा हुनु भनेको हाम्रो जीवनलाई अझ बलियो बनाउनु हो । अहिले चाहिँ हरेक कुरा शिष्ट, गोप्य र मर्यादित हुनुपर्छ । शङ्काको घेरामा रहने काम विरलै हुनुपर्छ । हाम्रो निर्णयले निकै ठूलो हलचल ल्याउने छ । अरू युवायुवतीले समेत मलजल पाउने छन् । एक–दुई, एक–दुई हुँदै पहाडे र मधेसी बीच वैवाहिक सम्बन्ध गाँस्ने धेरै हुने छन् । दलित र गैरदलित बीच वैवाहिक सम्बन्ध सहज हुने छ । जातभात हट्दै जाने छ । अनि यहाँले चिताएअनुसारको समाजको सांस्कृतिक रूपान्तरणले परिणाम दिँदै जाने छ । आजैदेखि मेरो बाचा भयो– हजुरको इच्छा मेरो र मेरो इच्छा हजुरको !

सम्झना रहिरहोस् भनेर रुमाल पठाएकी छु । कलुवा दाइ काठमाडौँ फर्कंदा मलाई पनि पत्र लेख्नुहोला । म त्यसकै प्रतीक्षामा दिनहरू बिताइरहने छु । साँच्चै प्रतीक्षाका घडीहरू साह्रै बलवान् र अविस्मरणीय हुँदा रहेछन् ।

हवस् त पत्र यत्ति नै !

तपाईंकी प्यारी,
मालती

×××

मालती सन्तोषपूर्वक राजधानीमा जीवन व्यतित गरिरहेको कुराले मेरो मन ढुक्क भयो । चुपचाप आफ्नो दैनिक कार्यमा जुटेँ । कलुवा मोची एक महिनापछि मात्र राजधानी फर्कने हुनाले मैले पत्र लेख्न हतार ठानिनँ ।

त्यस बीचमा परीक्षा थियो । चिन्ता लिन्न, झमेला मान्दिनँ भन्दा हुने कुरो रहेनछ । यो प्रेम भन्ने रोगले समातेपछि गाँजेको गाँज्यै गर्ने रहेछ । मन उत्तै पुग्थ्यो । परिणाम पछि थाहा पाइयो । अङ्ग्रेजी र गणितमा ड्याम्मै पछारिएँछु । राजविराज गएर मौका परीक्षा दिएँ, त्यसमा पनि उत्तानो टाङ लगाइयो । कारण खोज्नै परेन– मालती प्रेममा फँस्नु, लेखपढमा उचित मलजल नपुर्याउनु ।

कतिपय सम्बन्धहरू तगारा हुँदा रहेछन् । कतिपय साधक अवस्था पनि बाधक ठहरिँदा रहेछन् । बाधक–साधक कुन रूपमा लिने हो, लिनेको भागमा पर्दो रहेछ । मालती सम्बन्धलाई मैले लेखपढको मामलामा बाधकको रूपमा लिएँ । टाढिन सक्ने अवस्थै थिएन । नजिकिने समय नै आएको थिएन । मनले जे जसरी धकेले पनि म प्रायः तटस्थ बस्थेँ । चिठी पनि सामान्य ढाँचाको नै लेखेँ ।

कलुवाले चिठी काठमाडौँ पुर्यायो । त्यसमा मैले दुई–चार कुरा मात्र लेखेको थिएँ । त्यत्तिले उनको चित्त भरिएनछ । हुलाकबाट स्कुलको ठेगानामा चिठी आयो । त्यसमा निकै ठूलो आक्रोश पोखिएको थियो । कतै–कतै भावनाका आँसु छचल्किएको पाइन्थ्यो । जीवन र मरणको दोसाँधमा रहेर यात्रा गरिरहेकी यात्रुको रूपमा आफूलाई चित्रण गरिएको थियो । जीवन दिने कि मृत्यु दिने, त्यसको फैसला मेरै काँधमा सुम्पिएको थियो ।

म घोरिन थालेँ । उनको शिष्ट बोली, व्यवहार, चालचलन र हाउभाउले मन खाइसकेको थियो । तर, यत्तिखेरको जिद्दीपनले भने मन चिमोट्न थाल्यो । गम्भीर चिठी नलेखी धरै पाइनँ । कतै गडबढ फैसला हुने हो कि भन्ने त्रास भयो । लेखूँ–लेख्ने समय नै थिएन । आखिर कसैको जीवनभन्दा महत्त्वपूर्ण मेरो परीक्षा होइन भन्ने लाग्यो । यो परिस्थिति पनि मेरो जीवनकै महत्त्वपूर्ण परीक्षा हो भन्ने मन भयो । त्यसैले पत्रमा उल्लेखित मालतीको ठेगानामा पठाउनका लागि पत्र लेख्न बसेँ–

प्यारी मालती,

तिम्रो पत्रले मेरो मनमा हलचल ल्यायो । मेरो यस पत्रले तिमीलाई केही राहत दिन सक्ला भन्ने लागेको छ । त्यसैले अहिले गर्नुपर्ने अन्य कामलाई भोलिका निम्ति पन्छाएर यो रात तिम्रा लागि समर्पण गर्दै छु । मेरो पत्रले जीवनका उकाली–ओराली, सुख–दुःख, आँसु–हाँसो, आदि–इत्यादि सबैलाई एकमुष्ट सम्बोधन गर्न सक्छ । त्यसलाई तिमी सहर्ष स्वीकार गर्ने छ्यौ भन्ने लागेको छ ।

हेर मालती ! अहिले म मौका परीक्षा दिएर फुर्सदमा छु । पढ्ने र पढाउने कार्यलाई पूर्ववत् निरन्तरता दिएकै छु । एस.एल.सी. उत्तीर्ण हुन सके अस्थायी शिक्षक पक्का बन्छु । म तिम्रो घरमा मात्र होइन, गाउँसमाजमा समेत मास्टरजी कहलाएको छु । त्यसैले मैले प्राप्त गरेको इज्जत जोगाउन पनि फुकिफुकी पाइला चाल्न जरुरी छ । अर्कातिर तिम्रा भावना र विचारको सम्मान पनि गर्नु छ । सबभन्दा महत्त्वपूर्ण कुरा त जातीय भेदभावको खाडललाई पुर्नु छ । उच–निच बीचको भयङ्कर पहाडलाई फोड्नु छ ।

समाजलाई समयको आवश्यकता अनुरूपको बनाउने रूपान्तरणको श्रीगणेश आफैँबाट गर्नु छ । यस कार्यमा तिम्रो भरमग्दुर सहयोग लिनु छ । तिम्रो वचन पनि प्राप्त भइसकेको छ । त्यसैले तिमी जीवन र मरणकी दोसाँधकी यात्रु हुने छैनौ । केवल जीवन सङ्घर्षकी योद्धा बन्ने छ्यौ । तिमीले ममाथि राखेको विश्वासमा कहिल्यै कमी हुने छैन । मैले पहिले कहिल्यै ठोस वचन दिएको थिइनँ । आज दिँदै छु– मेरो अभियानकी एक सच्चा सहयोगी पात्रको भूमिकामा रहने गरी म तिमीलाई जीवनका हरेक प्रहरसँग मुकाबिला गर्ने सहयात्री बनाउन तयार छु । तिमीलाई मेरो जीवनमा स्वागत छ । भावनात्मक रूपमा हमी एक भयौँ । अब निर्धक्क भएर जीवन मार्गमा अघि बढौँला । यसमा द्विविधा नरहोस् । तिमीले नानाभाँतीका कुरा सोच्नु र चिन्ता गरेर ज्यान सुकाउनु आवश्यक छँदै छैन ।

हेर मालती ! तिम्रो र मेरो जीवनलाई अहिल्यै नै समाजले पचाउँदैन । म तराईमूलको श्यामवर्णको मान्छे । तिमी पहाडेमूलकी श्वेतवर्णकी मान्छे । तिम्रो पुर्खौली इतिवृत्ति बेग्लै छ । मेरो अझ बेग्लै छ । यी दुईलाई जोडेर एउटै सरितामा परिणत गर्न समय लाग्छ । सङ्घर्ष लगानी गर्नुपर्छ । सरिता जन्मेपछि बगाएर समुद्रसम्म पुर्याउनु पनि चानचुने कुरा होइन । त्यसका लागि धैर्य गर्नुपर्छ । आशावादी भएर कर्मपथमा जुट्नुपर्छ । बेहोसीका साथ हडबडमा किमार्थ पाइला चाल्नु हुन्न । भौतिक आनन्द र शारीरिक सुखले प्रश्रय पाउनु हुन्न । यी दुवै स्वार्थी कुरा हुन् ।

हाम्रो भावनात्मक सम्बन्ध यत्ति मजबुत हुनुपर्छ कि त्यसलाई देखेर विरोधी कित्तावालहरू सोच्न विवश होऊन् । हाम्रो सौम्य संसारमा तगारो हाल्न तिनलाई हजार पटक सोच्न परोस् । जस्तोसुकै आँधीले पनि हाम्रो आस्था र विश्वासमा कुठाराघात गर्न नसकोस् । त्यसका लागि हामी इस्पात हुनुपर्छ । तिमीले भनेझैँ शरीर दुई तर प्राण एक हुनुपर्छ । विरोध तिम्रो बुबाबाट मात्र होइन, मेरो बुबाबाट पनि हुन्छ । कुलखान्दानमा कसैले नगरेको कर्म गर्न पुग्यो भनेर धिकार्नुहुन्छ । मलाई पूर्ण विश्वास छ– म मेरा बुबाआमाको होस फर्काएरै छाड्छु । म गलत छैन, त्यसैले सोच बदल्ने कोसिस गर्दा सफल हुन्छु भन्ने लाग्छ । तिमीले पनि आफ्नो ठाउँमा आफैँले प्रयत्न गर्नुपर्छ । विश्वास जित्ने आधार दिनुपर्छ । आफ्नै खुट्टामा टेकेर संसार रिझाउने अभियानमा सरिक हुनुपर्छ । तिम्रा बुबासँग सङ्घर्ष गर्ने अधिकार मलाई प्राप्त छैन । तिम्रो सङ्घर्षलाई मलजल पुर्याउने मात्र मेरो कार्यक्षेत्रभित्र पर्छ ।

प्रारम्भिक सङ्घर्षकी नायिका तिमी बाहेक अर्को कोही हुन सक्दैन । जन्म दिने पिताको मनमा विषादी मात्र छर्कनुहुन्न । आशा र भरोसाको दियो समेत सल्काइदिनुपर्छ । आफ्नो निर्दोष क्रियाकलापले उनीहरूको मनमा करुणा जगाउने कोशिस गर्नुपर्छ ।

मालती, अब भने पत्र टुङ्ग्याउँदै छु । होससहितको जोसले काम गरौँ । बेहोसीमा पाइला चाल्ने र फुर्सदमा पछुताउने काम बन्दै नगरौँ ।

केवल तिम्रै,
राजदेव
∎∎∎∎∎
क्रमशः


–०००–
तपेश्वरी–१, गल्फडिया, उदयपुर

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

उपन्यास गरुराहा नन्दलाल आचार्य

यो पनि पढ्नुहोस्...

कथा : जार बोका | देबकी के. सी. | हाम्रो कथाघर

नारायण नाथ योगीका पाँच लघुकथा | हाम्रो कथाघर

सुरेशकुमार पाण्डेका चार लघुकथा | हाम्रो कथाघर

कथा : परिवर्तन | टङ्कबहादुर आलेमगर | हाम्रो कथाघर

कथा : हरेमुरारे ! | डा. टीकाराम पोखरेल | हाम्रो कथाघर

कथा: कोहिनुर | हरिश कल्पित | हाम्रो कथाघर

♈ दैनिक राशिफल ♎

विशेष

सुबिन भट्टराईको कथासङ्ग्रह ‘चमेलीको फूल बैजनी रुमाल’ पढेपछि

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: २४

बाल-उपन्यास: अद्भूत विवाह | हाम्रो कथाघर

पुस्तक समीक्षा: “अमेरिकाको घाम” लाई नजिकबाट नियाल्दा | हाम्रो कथाघर

भर्खरै

स्मारिका : सात वर्ष: प्रतीक्षादेखि परिणयसम्म | प्रभात न्याैपाने

चैत्र ३, २०८२

उपन्यास : गरुराहा | नन्दलाल आचार्य | हाम्रो कथाघर

चैत्र २, २०८२

कथा : जार बोका | देबकी के. सी. | हाम्रो कथाघर

चैत्र २, २०८२

नारायण नाथ योगीका पाँच लघुकथा | हाम्रो कथाघर

चैत्र २, २०८२

सुरेशकुमार पाण्डेका चार लघुकथा | हाम्रो कथाघर

चैत्र २, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.