फाटेको चोलीमा
आमाको जिन्दगी बित्यो,
चुँडिएको चप्पलमा
बाको बाटो सकियो ।
हातमा कुटो–कोदाली,
मनमा अटल सपना,
सन्तानको उज्यालो भविष्यको लागि
उनीहरूले आफ्नो रात र दिन बेचिदिए ।
भोक थामेर पनि हामीलाई उज्यालो दिए,
तर हामी कहिलेकाहीँ भुल्छौँ ।
क्षणिक मोह र लोभमा
जीवन फालिदिन्छौँ,
र बाआमाको त्याग हावामा हराउँछ ।
घरको आँगन सुनसान हुन्छ,
आमाको छाती भित्रभित्रै चिरिन्छ,
बाको मौनता नै करुणाको कथा बन्छ ।
“हामीलाई कसको सहारामा छोड्यौ ?”
रोइरहेकी आमाको प्रश्न हावामा हराउँछ,
तर पीडा कहिल्यै हराउँदैन ।
सम्झ—
यो जीवन तिम्रो मात्र होइन,
बाआमाको सपना पनि हो ।
बाँचेर उनीहरूको आँसु मुस्कानमा बदल ।
कविको ठेगाना : नलागाड न.पा. ०९, जाजरकोट


