सम्पादकले सोधे— “तपाईँले हाम्रो संस्थापक–सम्पादकका नाममा यो खाली खाम किन पठाउनुभएको ?”
लेखक मुस्कुराए— “खाम खाली थिएन नि ! त्यसमा त मैले थुकेर पठाएको थिएँ । गर्मी धेरै भएकाले बाटोमै सुक्यो होला ।”
सम्पादक झर्किँदै बोले— “थुक ? किन ?”
लेखकले शान्त स्वरमा भने— “किनभने ‘धिक्कार’ हुलाकबाट पठाउने सबैभन्दा सस्तो र उपयुक्त माध्यम यही लाग्यो ।”
❦
भावानुवाद: जीवन सोनी
सन्दीप तोमर (जन्म: ७ जुन १९७५, मुजफ्फरनगर, उ.प्र., भारत) पेशाले अध्यापक तथा बहुआयामिक हिन्दी साहित्यकार हुन् । उनले कविता, कथा, लघुकथा, उपन्यास, समालोचना र गजल विधामा उल्लेखनीय सिर्जना गरेका छन् । उनका प्रमुख कृतिहरूमा ‘सच के आस पास’, ‘थ्री गर्लफ्रेण्डस्’, ‘कामरेड सञ्जय’ लगायत रहेका छन् ।
प्रस्तुत लघुकथा उनको ‘लानत ‘ शीर्षकको हिन्दी लघुकथालाई नेपालीमा भावानुवाद गरिएको हो ।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद।
तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद ।
नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।