Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

निसमालोचना: ‘एकादेशको कथा’ स्वाभिमानी नेपालीको शाश्वत आक्रोश

पुस ६, २०८२

कविता: भ्रम | हाम्रो कथाघर

पुस ५, २०८२

कविता: याद | हाम्रो कथाघर

पुस ५, २०८२

कविता: नवदुलहीको पीडा | हाम्रो कथाघर

पुस ४, २०८२

कविता: अस्थिपञ्जरको आत्मकथा | हाम्रो कथाघर

पुस ४, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » कथा : बिहेको पहिलो रात

कथा : बिहेको पहिलो रात

आख्यान - कथा
कुमार काफ्लेकुमार काफ्लेभदौ २४, २०८१1K Views
शेयर गर्नुस Facebook Twitter Copy Link Email WhatsApp
कथा : बिहेको पहिलो रात कुमार काफ्ले
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

मेरो त यतिछिटै
बिहे गर्ने कुनै रहर थिएन,
तर मैले नमान्दा नमान्दै पनि बाबा ममीले साह्रै कर गर्नुभयो । कि त मैले उहाँहरूसँग विद्रोह गर्नुपर्ने भयो कि त उहाँहरूले भनेको केटासँग बिहे गर्नुपर्ने भो ! जिन्दगीको सवाल थियो, यी बूढाबूढी भएका बा-आमा त डाँडामाथिका जुनघाम भइहाले ! जिन्दगी काट्नुपर्ने त मैले हो । उहाँहरूले जेजे भन्यो त्यहीँ, जोजोसँग भन्यो त्यहीसँग बिहे गर्नुपर्ने भन्ने के छ र ? भनेर मन दह्रो पारेर अहिले म बिहे गर्दिनँ भन्छु भन्ने सोचेर उहाँहरू भएको ठाउँमा गएँ । जब मैले म आफ्नो खुट्टामा टेक्ने नभइकन बिहे गर्दिनँ भनेँ तब आमा रुन थाल्नु भयो ।

आँशु पुछ्दै आमाले “हेर नानी तैंले हामीले भनेको केटासँग बिहे गरिनस् भने आफूखुसी गर तर हामीलाई बाआमा भन्नुपर्दैन ! जे मन लाग्छ गर ।” भन्दै भक्कानिन थाल्नुभो ।

उता बुबाले थप्न थाल्नुभयो, “तर एउटा कुरा याद राख्नु नि, आफूखुसी गर्ने भए यी बूढा बाबुआमालाई सम्झिनुपर्दैन ! तेरा लागि हामी मरे सरह हो बुझिस् ?”

कठोर बनाएर गएको मन आमाबाको कुरा सुनेर कतिखेर पग्लिसकेछ ! थाहै भएन र रुँदै भन्न थालिछु, “हजुरहरू त्यसो नभन्नुस् । म हजुरहरूले भनेकै केटासँग बिहे गर्न राजी छु । अब पीर गर्नुपर्दैन म खुशी भइसकें ।”

मैले त्यसो भनिसक्दा बाआमा दुवैको मुहारमा खुशीका रेखाहरू कुद्न थालिसकेका थिए । एक मन त लाग्यो, ‘यी बूढाबूढीले मलाई फकाउन नाटक गरेछन् कि क्या हो ! होस् अब जेसुकै गरेका हुन्, मैले हुन्छ भनिसकें । अब बोली फेर्नुहुँदैन ।’

म कस्तो स्वभावकी छु प्रष्टसँग आफैलाई थाहा छैन तर मलाई नजिकबाट चिन्नेहरू भन्छन्, ‘यो हक्की छे, बोलेको कुरा फेर्दिन पुर्याएरै छाड्छे । छोरो भएर जन्मिनुपर्ने !’

तर मलाई मै भएको मन पर्छ ।

त्यस दिन यहीं स्थापित पहिचानबाट स्खलित भएको महशुस गरिरहेकी थिएँ । यो कुरा अरुलाई त थाहा थिएन किनकि मैले विवाह सम्बन्धी आफ्ना इच्छा,आकांक्षा र भावनाहरू कसैसँग प्रकट गरेकी थिइनँ । परन्तु मेरो मनले यसबारेमा धेरै कुरा सोचिसकेको थियो । सुन्दर सपनाहरू सजाइसकेको थियो । बा-आमाको खुशीको लागि म आफ्ना इच्छाहरूलाई तिलाञ्जली दिदैं थिएँ ।

सोचाइको लहरा आकाशिदै जान थाल्यो । मेरो हुनेवाला जीवनसाथी कस्तो होला ! मैले देख्ने सपनामा जस्तै ऊ ज्ञानी र विवेकशील हुन पनि त सक्छ नि ! उसलाई राम्रोसँग चिनेकी पनि छैन । आफ्ना सन्तानको कुभलो हुनेगरि त बाआमाले के गर्लान् र !

म सोचमग्न भएर झ्यालबाट बाहिर हेरिरहेकी थिएँ । निकैबेर अघिदेखि पानी परिरहेको थियो । म ओतमा थिएँ तर मेरो मन भने रुझिरहेको थियो । अहिलेसम्म बाआमाको काखमा लाडप्यारमा हुर्केकी म जन्मथलो र आफन्तहरूलाई चटक्कै छोडेर पराईघर जानुपर्ने ! अहिलेसम्म नदेखेका, नभेटेका वा देखे भेटेकै भएपनि कुनै साइनो नपर्ने, बोलचाल र घनिष्ठता नभएका मान्छेलाई एक्कासि आफ्नो बनाउनुपर्ने । अर्कैको घर आफ्नो हुने र आफू जन्मे, हुर्केको घर चटक्कै छोडेर पराईघर जानुपर्ने ! यो अन्यायपूर्ण पुनरावृत्ति देखेर मनमा आक्रोशको ज्वाला दन्किन खोज्थ्यो । यस्तै अनेक कुरा कल्पेर म सोचाइको सागरमा पौडिदैं थिएँ ।

उफ ! यो छोरीको जात, अर्काको घरमा गएर सृष्टि चलाइदिनुपर्ने ! यो असमानता र अन्यायको श्रृङखला कहिलेदेखि चल्न थालेको होला ? आदिम कालमा त यस्तो चलन पक्कै थिएन होला ! छोरीले झैँ छोरा पनि बिहे गरेर अन्यत्र जानुपर्ने व्यवस्था चाँहि किन नआएको होला ! म चिन्तन गरिरहेकी थिएँ । फेरि केटीले केटा घरमा ल्याउँदा समाजले कुरा काट्ने र कुरीति बढ्ने हो कि भन्ने डर पनि लाग्यो । झट्ट सुन्दा अपत्यारिलो लागे पनि जे काम पनि एकदुईले गर्दा त्यो रीतिथिति विरुद्ध हुन्छ । समाजले पचाउँदैन तर अधिकांशले त्यहीँ काम गर्न थालेपछि त्यो सामाजिक मूल्य र मान्यता बन्दोरहेछ ।

सदियौंदेखि चलिआएको चलन मैले मात्रै के फेर्न सक्थें र ! तैपनि यहीं व्यवस्था भित्र पनि आफ्नो रुचि र इच्छा विपरीतका कामहरू चाँहि ज्यान गए गर्दिनँ भनेर अड्डी लिने म आज आफ्नै बा-आमाको अगाडि कसरी निरीह बन्न पुगें ! मैले हजुरहरूले जति कहर गरेपनि अहिले कसैसँग कुनै हालतमा बिहे गर्दिनँ भनेर अडान लिनुपर्ने थियो । आमाको आँशु अघि म कसरी गलेछु ! अनि बाबाको धम्की मिश्रित दबाबसामु कति निरीह भईछु ! अहिले सम्झँदा पनि आफैंलाई आत्मग्लानि महसुस भइरहेको छ । नमीठो भइरहेछ । अरु कसैले मलाई कुनै काम गर्न बाध्य बनाउन खोजेको भए ठाडै प्रतिकार गर्न मलाई कुनै आइतबार कुर्नुपर्ने थिएन ।

पराइ भन्दा आफन्तसँग भिड्न धेरै गाह्रो हुँदोरहेछ ! बल्ल अनुभूति गर्दैछु ।

साथीभाइहरूले जिस्काउन थाले । पहिलेपहिले कसैले जिस्क्याउँदा म उल्टै उल्लीबिल्ली बनाइदिन्थें । तिनीहरूकै सातो खाइदिन्थें । यस्ता कुरामा मलाई कसैसँग डर लाग्दैनथ्यो । अहिले भने जिस्क्याउँदा म रातीपीरी हुन थालेकी थिएँ । खै ममा अचानक के यस्तो परिवर्तन आउन थालेको हो ! म आफैं छक्क परिरहेकी थिएँ ।

पहिले ख्यालख्याल जस्तै लागेको थियो तर ख्यालख्याल के हुन्थ्यो र ! बिहेका लागि सामान किनमेल हुन थाल्यो । विदेशमा रहनुभएका दाइ पनि मेरै बिहेका लागि भनेर घर आउनुभयो । तयारी तीव्रता र धुमधामका साथ हुन लाग्यो । म भने अझै पत्याइरहेकी थिइनँ । मैले नपत्याए पनि सब कुरा ठीकठाक तरीकाले समयमै भइरहेको थियो ।

त्यो दिन आयो जसलाई अत्यन्त महत्त्वका साथ प्रतीक्षा गरिएको थियो । जन्ती, घरगाँउले, आफन्त र नातेदारहरूले घर आँगन भरिएको थियो । आँगनको बिचमा चौका बनाइएको थियो र त्यसकै वरिपरि विविध परम्परागत विधिअनुसार कर्म गरिसकेपछि मलाई अन्माइयो । मेरा आँखा एक्कासि रसाउन थाले र ह्वाँह्वाँ रुन थालि छु । त्यसपछि आमा, सानीमा, भाउजू लगायतका साथीसङ्गी पनि रोएजस्तो लाग्यो । मलाई भने घरबाट परपर लगिरहेका थिए । म जन्मघर, आमाबा, आफन्त र परिचितहरू सबै सबैबाट छुट्टिएर टाढाटाढा हुँदै थिएँ । यो सब मलाई नाटकजस्तै लागिरहेको थियो तर यथार्थै थियो ।

नयाँ ठाउँ भएर होला मलाई सबथोक अनौठो लागिरहेको थियो ।

बेलुकाको खाना खाएपछि मलाई सुत्ने कोठा देखाइयो । डराइडराइ कोठामा गएँ । कोठामा परफ्यूमको मनमोहक सुगन्ध आइरहेको थियो । टेबुलमा गुलाफको फूल र केही फलफूल थिए । गुलाबी, राता, पहेँला र नीला बेलुनहरू फुलाएर झुण्ड्याइएको थियो । मेहनतपूर्वक सजाएको कोठामा एउटामात्र विस्तारा थियो र थियो त्यसमाथि हातखुट्टा फालेर लमतन्न सुतिरहेको एउटा पुरुष । मेरा स्वामीराजा यिनै हुन् र यो जिन्दगी यिनैसँग बिताउनुपर्छ भन्ने सोचेर ममा हठात् एक किसिमको रोमाञ्चकता पैदा भयो । विस्तारामा एकदम टक सेतो तन्ना तनक्क तन्काएर मिलाएर विछ्याइएको रहेछ, छुँदा पनि दाग लाग्ला जसो गरि । म निकैबेर त्यत्तिकै उभिइरहें । सायद उनी निदाएका रहेछन् क्यारे ! आऊ, बस केही पनि भनेनन् । मलाई उनले बोलाउँछन् कि भन्ने आशा थियो त्यो मर्यो । उनको निद्रा खुलुञ्जेल त यहाँ यसैगरी उभिएर के होला र भन्ने सोचि म विस्ताराको छेउमा गएँ । उनी छेउतिर सुतेका थिए । मलाई कुनातिर ठाउँ राखिदिएका होलान् जस्तो लाग्यो । मस्त निदाएको मान्छेलाई ब्युँझाउनु उचित ठानिनँ तर मेरो अगाडि ठूलो समस्या खडा भयो । यस्ता सामान्य कुराहरू त आज अगाडि मैले कहिल्यै समस्याको रुपमा हेरेकी थिईनँ । छेउमा सुत्ने ठाउँ थिएन । कुनापट्टि जान उनी पूरै बाटो छेकेर सुतेका थिए । म धर्मसंकटमा परें तैपनि अलिकति छेउमा बसेजस्तो गरें । केही मिनेट त्यसरी बसेपछि उनलाई बोलाउँ कि जस्तो लाग्यो । उनलाई डिस्टर्भ नगरी नाघेर कुनामा गएर सुत्ने पनि एउटा विकल्प थियो तर विवाहिता साथीहरूले असभ्य देखिने खालका कुनै व्यवहार नगर्नू भनेको सम्झिएँ । नत्र त म नाघेरै जाने थिएँ । हुन पनि हो नाघेर कसरी जानु ! चित्त बुझाएँ र अरु उपाय सोच्न थालें । अब उसलाई बोलाउनु पर्यो भनेर मन दह्रो पारें । कसैलाई बोलाउन मन दह्रो पार्नुपरेको जिन्दगीमा पहिलोपल्ट थियो । कसैलाई बोलाउन मलाई कुनै गाह्रो काम थिएन तर तिनै सजिला कामहरू आज मलाई कति गाह्रा भइरहेका थिए म आफैं आश्चर्यमा परेकी थिएँ । जे होस् होस् भनेर छेउमै लेप्सिएर आधा ज्यान विस्तारामा आधा ज्यान बाहिरै पारेर ढल्किएँ । मेरो शरीरले उनलाई हल्का स्पर्श गर्यो ।

बल्ल उनी ब्युँझिए । मलाई त लाग्यो उनी निदाएकै थिएनन् ! मैले कोठामा सानो बोली पनि निकालेकी थिईनँ र एउटै विस्तारामा सुतेपनि उनलाई छुन्छ कि झैँ गरेर सकेसम्म नछुनेगरि ढल्केकी थिएँ । छोएकै भए पनि मेरो यति कोमल ज्यानले छुँदा निद्रा नै त अवश्य खुल्ने थिएन जस्तो लाग्यो । त्यसपछि उनी बोल्न थाले । अनेक कुराहरू सोध्न लागे । सदा म अरूभन्दा बढ्ता बोल्थें तर आज हो, होइन, अँ, हजुर भन्दा बढी बोल्न सकिरहेकी थिईनँ । मेरो पूरै शब्दभण्डार रित्तिएझैं भएको थियो । म उनका जिज्ञासाको जवाफ कहिले टाउको हल्लाएर त कहिले मितव्यायी तरीकाले शब्दहरू फारु गरेर बोलिरहेकी थिएँ ।

निद्राबाट भर्खरै व्युँझिएको मानिसले यति धेरै चनाखो भएर गफ गर्नु नपर्ने हो ! अघि नै निदाए झैं गरेर स्वाङ पारेको ठम्यायो मेरो ब्रह्मले । मान्छे त सारै कपटी रहेछन् जस्तो लाग्न थाल्यो । मेरो मनमा कौतुहलता, डर र लाजको मात्रा ह्वात्तै बढेको थियो । अब के हुने हो, के कसो गर्ने हुन् भनेर कल्पदाँ मन कहिले रोमाञ्चित हुन्थ्यो भने कहिले डर पनि लाग्थ्यो । कोठामा विभिन्न देवीदेवताका तस्वीरहरू मिलाएर टाँसिएका थिए । अरु त सामान्य नै लाग्यो तर टक सेतो तन्ना विस्तारामा विछ्याइएको मैले कहिल्यै देखेकी थिईनँ र यसमा पनि केही रहस्य हुनुपर्छ भनेर गम्न थालें ।

एकपटक समिताले उसको बिहेको पहिलो रात कुमारीत्व परीक्षण गर्न उसका श्रीमानले पनि यसैगरि सेतो तन्ना विछ्याएको घटना सुनाएकी थिई । त्यो बेला हामी खुबै हाँसेका थियौं तर मेरो जिन्दगीमा पनि कुनै बेला त्यो समय आउँछ भनेर सम्झेकी रहेनछु । आज ममाथि पनि त्यस्तै कडा परीक्षण भइरहेको ठम्याउन मलाई केही गाह्रो परेन । मैले यी यावत् कुराहरू सम्झदै गर्दा उनले मलाई आफ्नो अँगालोमा कसिसकेका थिए भने म चाँहि संभावित परिणामको बारेमा सोचेर चिन्तित भईरहेकी थिएँ ।

उफ ! रक्सीको हो कि के को गन्ध हो यस्तो ? उनले मलाई चुम्बन गर्न लाग्दा ह्वास्स गनायो । उनले बिस्तारै मेरा वस्त्रहरू खोल्न थाले । उनका हात मेरो शरीरमा सलबलाउन थाले । म पनि बिस्तारै उत्तेजित हुँदै गएँ । उनले चुम्बनको वर्षा गर्न थाले । मेरा नाडीका चुरा छिन्द्रिङ छिन्द्रिङ बज्न लागे ।

उनी जतिजति मलाई आफ्नो बाहुपासमा कस्दै जान्थे मेरो मनमा उतिउति पुरुषवादी सोच र अहंकार प्रति घृणा बढ्दै जान्थ्यो । मलाई पनि आनन्द भइरहेको थियो तर उनको अनौठो व्यवहारले व्यथित बनाइहाल्थ्यो । बाहिर झमझम झरी परिरहेको थियो । त्यो झरीले मेरो मनमा सल्केको आगोलाई निभाउन सकिरहेको थिएन ।

म संभावित घटना र परिणामबारे सचेत हुँदै त्यसबाट जोगिने उपायहरू सोचिरहेकी थिएँ । उनी निकै अघि बढिसकेको थिए । त्यसैले शुरु भइसकेको कामबाट त म पन्छिन सक्ने संभावना थिएन । यद्यपि कसरी के गर्दा राम्रो हुन्छ ! सो हरसंभव प्रयास गरिरहेकी थिएँ । यो अन्यायपूर्ण परीक्षामा सामेल भइसकेपछि पनि सफल हुन चाहिरहेकी थिएँ । उनी मेरो शरीरसँग खेलेर आनन्द लिइराखेका थिए । केही समयपछि उनी उठेर शौचालयतिर गए । मैले सेतो तन्नातिर हेरें ।

बाफरे बाफ ! रङ्गिएको थियो । ऊ केही क्षणमा आयो र त्यो सब देखेपछि दङ्गदास परे झैँ देखियो र मुस्कुरायो । आफैले तन्ना फेर्यो । फेरि अँगालोमा बेर्यो ।

त्यहाँ के भएको थियो त्यो त सायद मलाई मात्रै थाहा थियो । त्यहाँको सबै गतिविती अनुसार वास्तविकता बताउनुपर्ने आवश्यकता पनि ठानिनँ मैले । तर वास्तविकता यो थियो कि मेरो पिरियड भएको रहेछ

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

कथा कुमार काफ्ले

यो पनि पढ्नुहोस्...

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: २१ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क: २९ | हाम्रो कथाघर

उपन्यास: गरुराहा भाग: ४ | नन्दलाल आचार्य | हाम्रो कथाघर

यौनकथा: काम–रतिको पुनर्जन्म | हाम्रो कथाघर

बाल उपन्यास : अद्भुत विवाह | भाग: एक | नन्दलाल आचार्य

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: २० | हाम्रो कथाघर

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: २१ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क: २९ | हाम्रो कथाघर

उपन्यास: गरुराहा भाग: ४ | नन्दलाल आचार्य | हाम्रो कथाघर

यौनकथा: काम–रतिको पुनर्जन्म | हाम्रो कथाघर

भर्खरै

निसमालोचना: ‘एकादेशको कथा’ स्वाभिमानी नेपालीको शाश्वत आक्रोश

पुस ६, २०८२

कविता: भ्रम | हाम्रो कथाघर

पुस ५, २०८२

कविता: याद | हाम्रो कथाघर

पुस ५, २०८२

कविता: नवदुलहीको पीडा | हाम्रो कथाघर

पुस ४, २०८२

कविता: अस्थिपञ्जरको आत्मकथा | हाम्रो कथाघर

पुस ४, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.