थाहा छैन
रङ्ग्याउदै गर्दा अर्कैको सिउँदो
मलाई सम्झियौ कि नाइ
तर
मेरो मस्तिष्कले तिमिलाई
कहिल्यै भुल्नै सकेन
हरेक पल तिम्रै बाटो हेर्ने यी नयनलाई
आँसु उपहार दिएर गयौ
अब यी नयनबाट नियाल्नु छैन मलाई
तिमी बिनाको संसार
यति धेरै किन तड्पिन्छ मन
तिम्रो यादमा
तिम्रो पनि त पोल्दो होला नि छाती
पोखराको बङ्जी अनि
मेरो बाइकको पछाडी बसेर
सहर घुम्ने तिम्रो सपना पनि त
सपना मै सिमित भएको थियो
-अजिता ओझा
निजगढ -८ (बारा)
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।