थाहा छैन
रङ्ग्याउदै गर्दा अर्कैको सिउँदो
मलाई सम्झियौ कि नाइ
तर
मेरो मस्तिष्कले तिमिलाई
कहिल्यै भुल्नै सकेन
हरेक पल तिम्रै बाटो हेर्ने यी नयनलाई
आँसु उपहार दिएर गयौ
अब यी नयनबाट नियाल्नु छैन मलाई
तिमी बिनाको संसार
यति धेरै किन तड्पिन्छ मन
तिम्रो यादमा
तिम्रो पनि त पोल्दो होला नि छाती
पोखराको बङ्जी अनि
मेरो बाइकको पछाडी बसेर
सहर घुम्ने तिम्रो सपना पनि त
सपना मै सिमित भएको थियो
-अजिता ओझा
निजगढ -८ (बारा)


