मसाल छ हातमा
तैपनि चारैतिर अँध्यारो छ
उज्यालो खोज्ने मनका लागि
मसालले किन अँध्यारो चिनॅ सकिरहेको छैन ?
अँध्यारोमा उकुसमुकुस छ मन
उदास छ मन, जीवन साँगुरिएको छ
इच्छा आकांक्षाहरुले थाङ्ग्रा चढ्न पाएका छैनन्
जतिजति अँध्यारो चिनॅ खोज्छु
मसाललाई अँध्यारोले उति उति घेछॅ
हावाको वेग छल्दै
म मसालको उज्यालो जोगाउँछु
पाइला रोक्न अँध्यारो झन बढाउँने अँध्यारोलाई
म दुई हातले पर धकेल्छु
मसाल बोकिरहेको हातसँगै म पनि थाक्छु, गल्छु
तर हरेश खाने निरास हुने छुट
मदेखि मलाई नै छैन
आशाको दियो खोज्न निस्केको मलाई
निराशाको उपस्थिति पटक्कै सहय छैन
आक्रमण गछॅ अँध्यारो मलाई
साम्राज्य छरेर अन्धकारको
मलाई पल पल विचलित बनाउँन खोज्छ
अँध्यारोको नङ्ग्राले मलाई चिथोनॅ खोज्छ
तर म अँध्यारोमै बाटो खोजिरहेछु
अँध्यारोमै उज्यालो खोजिरहेछु
बाटोमात्रै हैन जीवनभरि
मैले मलाई पनि खोजिरहेछु
अँध्यारोको आक्रमणबाट जोगाउँछु म मसाललाई
मसालको उज्यालोमा चारैतिर नियाल्छु
मात्र अब एक प्रहर बाँकी छ –
भुकभुके उज्यालो र मबिचको दूरी मात्र एक प्रहरको छ
अँध्यारोको साम्राज्य ढल्न मात्र एक प्रहर बाँकी छ
मोचाॅमा म डटेर उभिएको छु
अँध्यारो चिरेर आउँने उज्यालो भेट्न
म हैन एउटा ठूलो लस्करै छ
नवीन सिजॅना र नयाँ जीवनका लागि
अँध्यारोले दिएको जस्तै कष्ट सहेर पनि
म हैन हामी उज्यालो भेट्न हतारिएका छौं ।
– इन्द्रकुमार श्रेष्ठ सरित् ( तरहरा – सुन्सरी )