प्रिय कवि नवराज न्यौपाने पछिल्लो दुई वर्षदेखि क्यान्सरसँग लडिरहनु भएको छ ।
रक्त क्यान्सरबाट थलिनु भएका कवि न्यौपानेलाई यथासक्य बोनम्यारो प्रत्यारोपण गर्नु पर्ने चिकित्सकले सुझाब दिएका छन् । दुइ वर्षसम्म कुनै सहयोगको आग्रह नगरेका कवि न्यौपानेले बोनम्यारो प्रत्यारोपण गर्न खर्च धेरै लाग्ने भएकाले आदरणीय साहित्यकार साथीहरू, विभिन्न क्षेत्रमा कार्यरत सम्मानित व्यक्तित्वहरुलाई कविले आफ्नो जीवन रक्षाका निम्ति उपचारमा सहयोग गर्न अपील गर्नुभएको हो ।
प्रिय, आदरणीय, सम्मानित व्यक्तिहरू तपाइको सानो सहयोगले कवि नवराज न्यौपानेको उपचारमा ठूलो सहयोग पुग्नेछ। कृपया आफ्नो क्षमताअनुसार जति सक्नुहुन्छ त्यति नै सहयोग गरेर कवि न्यौपानेको जीवन रक्षा गरिदिन Hamro Katha Ghar – हाम्रो कथा घर परिवार विनम्र रहि विनम्रतापूर्वक हार्दिक अनुरोध गर्दछ ।
सहयोगका लागि
Account holder: Nawa Raj Neupane
Bank Name: Prabhu Bank Limited
Account Number: 0660115894500011
Swift Code: PRVUNPKA
E-sewa: 9860468274
सहयोगका लागि तपाइँले वहाँकै पुस्तक “सपनाका लहरहरु -३” (रु.५००) खरिद गरेर पनि सहयोग गर्न सक्नुहुनेछ ।
सहयोग गर्नुहुने सम्पूर्णमा क्यान्सर पीडित कवि नवराज न्यौपानेको तर्फबाट Hamro Katha Ghar परिवार कृतज्ञता व्यक्त गर्दछ ।
अस्पतालको वेडबाट कवि न्यौपानेको कविता…
माया गर्नेहरूको भिँडमा म एक्लै छु,
बोनम्यारो क्यान्सरले ग्रस्त भएको शरीरमा
अझै पनि मुस्कान बोकी बाँचीरहेको छु।
तीन महिनादेखि अस्पतालको खाटमा लाचार,
माया गर्नेहरूको भिँडमा म एक्लै छु।
दुइटै हातमा पालै पालो पानी र रगत,
नसाभरी सुइको डामै डाम देख्छु,
आफैलाई झीर्ण अवस्थामा पाउँछु,
ऐना हेर्छु
बेला बेलामा आफै तर्सन्छु।
न त खान रुच्छ न त पिउन नै,
हर चिज वाक्! वाक्! लाग्छ।
आफ्नै हालत देखी म त दङ्ग छु।
म त छक्क छु,
माया गर्नेहरूको भिँडमा म त एक्लै छु।
आफन्त जन साथीभाइ
जो जति छन्
सबलाई सुनाइदिऊँ झैँ लाग्छ,
भन्नै सक्दिन म
थाहा छैन खै केले रोक्छ।
ब्यस्त दुनियाँमा मलाई
त्यो पनि ब्यस्त भयो भन्दाहुन्,
बिर्सेछ अब त क-कतै कुरा गर्दाहुन्
दिनरात सबलाई सम्झदै बाँचेको छु
माया गर्नेहरूको भिँडमा म त एक्लै छु।
असहज अनि अप्ठ्यारो लाग्छ,
सोचेर ल्याउँदा होइन झैँ लाग्छ।
बास्तविकता तर यही हो,
सत्य आखिर यही,
हो म बिरामी छु।
रूप यस्तो थिएन त,
खासै राम्रो नभए पनि तर
अहिले त कुरूप देख्छु,
झन् सुकेर लौरो झै भाछु,
तीतो सत्यलाई अपनाएर
हरचीज स्विकार्दै छु।
हो आज म माया गर्नेहरूको भिँडमा एक्लै छु।
कुवेती झ्यालबाट हेर्दै
क्षीतिजपारी के के सोच्छु,
बाबा-आमा सम्झँदै म कति रुन्छु।
नाइ! तिनलाई थाहा नदिम भन्छु।
कस्तो हुन्छ होला
त्यत्रो दु:खले हुर्काएको छोरो
आज मृत्युसङ्ग जुद्धै छ
ती आमाको छाती चर्किन्छ,
त्यो बाबाले टेकेको जमीन भासिन्छ।
यस्तै यस्तै सोच्दै म फोनमा हाँसिदिन्छु।
तैट! केही भा’छैन मलाई म भनिदिन्छु
म ठीक छु।
तर खासमा माया गर्नेहरूको भिँडमा म एक्लै छु।
डोनर मिलाउ,
यो लेराउ, त्यो लेराउ,
यो परिक्षण,त्यो परिक्षण
सुन्दा सुन्दा म दिक्क हुन्छु।
पर्देशको ठाउँ
सजिलो कहाँ के छ र?
सुतेको ठाउँमै
निन्द्रामा फ्यास्स सास जावस्, कैलेकाइँ आफैलाई त्यसै भन्छु।
किनकी माया गर्नेहरूको भिँडमा म एक्लै छु।
किनकी माया गर्नेहरूको भिँडमा म एक्लै छु।
कवि नवराज न्यौपाने