माथि-माथि उड्दै जाऊ ए चंगा भाइ
के छ खबर साेधि आऊ जून तारालाई ।
त्यहाँ पनि हाम्राे जस्ताे घर छ कि छैन
झिलिमिली रमाइलो शहर छ कि छैन
पशुपति ,बुद्ध , चैत्य ,गुम्बा छ कि छैन
खराब मान्छे बाँध्ने जंजीर छ कि छैन ।।
सबै कुरा बुझी आऊ ए चंगा भाइ
हाम्राे पनि नमस्कार छ जून- तारालाई ।
हाम्राे घर आँगनीमा ,राति- राति आउने
हेर्दा – हेर्दै आकाशमा तिनै तारा छाउने
कति राम्राे हुन्थ्यो हाेला मैले छुन पाए
एकै ठाउँ एकै आँगन हामी हुन पाए ।।
भेटी आऊ तारापुञ्ज सबै – सबैलाई
हाम्राे पनि सम्झना छ ए चंगा भाइ!
– तारा के. सी [ काभ्रे पनाैती ।]
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।