‘बा’ले पसिना बेचेर
खुसीका थोपा किन्नु भयो ।
म त्यही थोपा खाएर आजसम्म बाँचिरहेको छु ।
‘बा’को काधमा बसेर
म मेरा कलिला औंलाले
परको क्षितिज देखाउँदै भन्थे
बा – पर पहाड र आकाश ठोकिएछ ।
‘बा’ले भन्नु भयो
तिमीले पनि जिन्दगीको लामो बाटो हिँडेपछि
एक दिन तिमी उभिएको धरती र आकाश जस्तै
मसँग छुट्टिनु पर्छ ।
मेरा आवश्यकता पुरा गर्न
‘बा’कहिल्यै हिच्किचाउनु भएन ।
रित्तो गोजी हुँदा
छिमेकीसँग सापट मागेर
मेरा खुसीका फूल फुलाइदिनुभयो ।
साँच्चै भन्ने हो भने
मलाई यो धर्तीमा विश्वास गरेर
मेरा ‘बा’ले जति ऋण
अरु कसैले दिनु भएन
‘बा’ले आज सम्म
साउले जसरी
साँवा र ब्याज कहिल्यै
जोड्नु भएको छैन ।
म सोच्ने गर्छु
यो ब्रह्माण्डमा
आमा भएर बा नहुने हो भने
घर भएर छानो नहुने हो भने
पृथ्वी भएर सूर्यको प्रकाश नहुने हो भने
सोचौं त यो संसार कस्तो हुने थियो ?
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।