विक्षिप्तताका,
ती दुब्ला रातहरूका क्यानभासमा पनि
खोइ किन हो ?
यो मनको स्वेत कलमले,
हरपल तिम्रै चित्र कोरिरहन्छ
पलपल तिम्रै यादको आगोमा,
पुतलीझैँ किन जल्छ हँ यो मन ?
किन मृगतृष्णाझैँ भ्रमित हुँदै,
दौडिरहेछु म तिम्रै प्रतिच्छायापछिपछि,
एक अँजुली प्रेमिल प्यासको लागि ?
किन ऐँठन गरी ब्युँझाउँछ हँ मलाई ?
स्वर्णरूपी सपनामा,
दिगम्बर भई तिमीसँग अँगालिएको पल ।
कति सुन्दर हुन्थे होलान् ती अतीतका उद्यानहरू ?
जहाँ चुम्बनले,
सम्भोग गरेका फूलहरू फुल्दा हुन्
के अर्थ रहन्थे र ती फूलहरूका
जहाँ भमराहरू पागल भई नडुल्दा हुन्
हो, त्यही दिन बिर्सिएको हूँ,
मैले आफूबाट आफू हुन
जुन दिन तिमी पोखिएका थियौ,
मेरै कोखमा उन्मादको छाल बनी
हो, त्यही दिनदेखि अग्लिएको हूँ म
तिम्रो प्रेमको उचाइँ छुन
तर अफसोच !
किन रङ्गिएनन् अझै पनि,
ती स्वेत चर्किएका मेरा मनका भित्ताहरू ?
किन लिपिएनन् अझै पनि ?
कमेरोले मेरा आस्थाका ती कुर्कुच्चाहरू ?
किन ब्युँझिन्छन् हँ ?
सिसाझैँ चर्किएका मिर्मिरे
अनायासै ती गुलाफका बिछ्यौनाहरूबाट ?
हो, उम्रेका हुन् त्यही दिनदेखि प्रेमका सुनाखरी
जुन दिन तिमीले रोपेका थियौ,
मेरा यी आँखामा एक मुठी स्वेत मुस्कान
तर अफसोच !
ती सुनखरी अझै भ्रभित छन्
मृगतृष्णालाई पानी सम्झेर ।
तर अफसोच !
ती सुनखरी अझै भ्रभित छन्
मृगतृष्णालाई पानी सम्झेर ।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।