“लु जा ! बल्ल भाउ भेटे, बज्याहरूले !´´
ठूलै युद्ध जितेको हाउभाउमा उनी बोलिन् ।
श्रीमान् उनलाई हेरेर हाँस्न थाले ।
उनी झन थप्न थालिन्,
“कम्ता उपद्रो गरेका थिए त ? छोराछोरीको नयाँ लुगा, नयाँ किताब बिगारेर उधुम मच्चाउने हरूलाई उपचार गरेरै छाडियो ।”
श्रीमानले खित्का छाड्दै भने,
“हाम्रा घरमा मात्र हो र ? जहाजमा पसेर उडान स्थगित गर्ने, उडिरहेका जहाजलाई आकस्मिक अवतरण गर्न बाध्य पार्ने यी उपद्रियाहरू पो हुन् त !”
उनी अलि गम्भीर भइन् र भनिन्,
उता पाकिस्तानको संसद भवनमा छिरेर पोहोर निकै आतङ्क मच्चाएका थिए रे !
उनी एक्कासी कराए,
“एउटा जेमराज यहाँ नै आएर ढल्यो । ऊ अर्को पनि !”
उनले चिन्ता व्यक्त गरिन्,
“बिष परेर भटाभट मर्न थालेका यी सिनोलाई अब कता पो थन्क्याउनु ?”
उनी जुरुक्क उठे र भने,
“कोदालो झिक त ! बारीको एक ठाउँमा पुर्नु पर्छ नत्र रोग फैलाउन यी झन माहिर छन् नि !”
शत्रु नाश गरेकोले उनी दङ्ग परिन् । श्रीमान भने एकोहोरो भए । विषले असर गरेको हो कि ? भनेर उनी आत्तिदै घच्घच्याउन थालिन् ।
बौरिएझैँ गरेर उनले भने,
“घरका चारखुट्टे, अज्ञानी मुसालाई त तह लाइयो तर राज्यका दुईखुट्टे, ज्ञानी मुसाहरूलाई के गर्ने ? भनेर चिन्तन पो गरिराको त !”
– तीनकुने, काठमाण्डौँ
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।