तिमीसंग यति कुस्तुर छौँ
कि
हामी तिम्रो नाम लिन पनि हच्किन्छौं
तिमीलाई यति माया गर्छौं
कि
जीवन तिमीमा नै समर्पित गरेका छौं
हामीले नाम नलिएरै
थुप्रै पटक नाम लिइरहेका हुन्छौं
कामना नगरेरै
धेरै पटक तिम्रो कामना गरिरहेका हुन्छौं
हाम्रो भूल्ने लाख प्रयत्नका बीच पनि
हामी भूल्न नसकिरहेका हुन्छौं
तिमीलाई भूल्ने अभिनय गर्दा-गर्दा
जीवनको रंगमन्चमा
हास्यास्पद अभिनेता बन्दछौं
तिमीबाट….
पऽऽऽर
धेरै पर भाग्न चाहन्छौं
नाम, ऐश्वर्य र सुविधाको पर्खाल लगाएर
सुतुरमुर्ग झैं
सूरक्षाको तन्ना ओढेर सुतिरहन चाहन्छौं
र
पापका कोरहरू
शरीरभरी टाँसेर हिंडिरहेका हुन्छौं
हे ! पृय मृत्यु
हामीसंग जिस्किन्छौ
र वरिपरी ढलिमली गरिरहन्छौ
जब
हामी जीवनको महापीडामा हुन्छौं
तब प्रेमी झैं तिम्रो आव्हान गर्छौं
आफ्नो प्रकाशमय सौन्दर्य छर्दै तिमी प्रकट हुन्छौ
जब एकपटक अँगाल्छौ
हामी पीडाबाट पूर्ण मुक्त हुन्छौं
तिम्रो चुम्बनमा त्यो तृप्ति छ
मात्र एक चुम्बनपछि
फेरी अर्को चुम्बनको जरुरत पर्दैन !
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।