बर्षाैँ भाे हाेला है जेठा
तैले दशैँ नदेखेकाे
थाहा छ पहिले तँ सानाेमा काकाहरु सँग बाबियाे काट्न बेँसि झरेकाे
अनि मालु बाँसका अग्ला अग्ला लिङ्गा काट्न हिँडेकाे,
अस्ति जस्ताे लाग्छ जेठा ।
तर यसपालि पनि तँ नआउने खबरले
याे मनमा खुसी थपेन जेठा
बा बितेर गएपछि एक्लिएकाे याे मन
दलिनकाे तेराे फाेटाे हेरेर चित्त बुझाउँछु जेठा
बुहारी त लत्ताकपडा र गहनाले खुसी हाेली
नातीनातीना माेबिल(माेबाइल) र ल्याउट्याउ(ल्यापटप) मा मख्खै छन
तर जेठा तेराे मायाले थिलथिलिएकाे मेराे मन
यसपालि पनि फुकेन ।
तेरा परिवारसँगै राखेर निधार भरि अट्ने अछेता(अक्षता) बराबरको आशिष् दिने रहर,
यसपाला नि जुरेन जेठा
तेराे छाेराेले बाबा आएसी काट्ने भनेर पालेकाे
मने पाठाे पनि बुढाे भैसकेछ
तर तँ अझै फर्किनस् जेठा
धमिला आँखाले माथि मुल बाटाे तिर ठुला झाेला बाेकेका मान्छे देख्दा तेरै छाया देख्छु
तर बाटाे काटी ओरालाे झर्दा मन कुडिएर अमिलाे हुन्छ जेठा
अब त हेर म पनि चैत बैशाख काे पैँयुकाे रुख जस्तै भाकि छु
पैँयुकाे मुना पलाउँछ तर मेराे के पलाउला र जेठा ।
त्यसैले पैँयु पलाउनु पहिले र मलाई जलाउनु पहिल्यै तँ आइपुगेस है जेठा
त्यसैले पैँयु पलाउनु पहिले र मलाई जलाउनु पहिल्यै तँ आइपुगेस है जेठा ।।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।