पारिलो घाम लाग्यो
गैरी खेतमा धान झुल्यो
केही हरुको घरमा दशैँ आयो
मेरो घरमा बाढी आयो
पल्ला घरे काकाको घरमा पहिरो आयो
हाम्रो घरमा दशा आयो
अरुको घरमा फेरि दशैँ आयो
मेरो बगेको घर सङ्गै मेरो भाग्य बगायो
बाढिको धमिलो पानीले म र
मेरा सन्तानका भविष्य
धमिलो बनाउदै मेरो सबथोक बगायो
मेरो खुसी बगायो, मेरो सपना र रहरहरु बगायो ।
प्रिय् दशैँ मेरो आँगनीमा तिमी भुलेर पनि नआउनु
यसपाली पाक्ने छैन्न मेरा चुलामा
मासु र मिठा मिठा परिकारहरु
हुने छैन मेरा सन्तानको आङमा नयाँ लुगाहरु
यदि तिमी आयौ भने
छोराले खोज्ने छ बत्ती बल्ने जुत्ता
छोरीले खोज्ने छे फुलबुट्टे घाँगर
तिमी आयौँ भने देख्ने छौ मेरो गरिबी
देख्ने छौ एक लाचार श्रीमान र एक लाचार पिता
अनि जिस्काउने छौ मलाई
मेरो पिडामा झन पीडा थपिदिने छौँ
त्यसैले बिन्ती दशैँ
भुलेर पनि तिमी मेरो आगनिमा नआउनु।