यदि
तिम्रो शिक्षाले –
मान्न हैन जान्न थाल भन्दैन भने
तिम्रो शिक्षा के कामको ?
तिम्रो शिक्षाले –
विवेक र विचारपूर्ण जीवन दृष्टि दिदैन भने
तिम्रो शिक्षा के कामको ?
तिम्रो शिक्षाले –
तिमीमा नैतिकता, मानवता र आत्मविश्वास दिदैन भने
तिम्रो शिक्षा के कामको ?
तिम्रो शिक्षाले –
तर्क र बहस गर्दै अरूकाे सत्य कुरा स्विकार्न सक्दैन भने
तिम्रो के कामको ?
यदि
तिम्रो शिक्षाले –
पढाइ परिक्षाकाे तयारी हाे भन्छ भने
जीवनकाे तयारी गर्न
तिम्रो शिक्षा के कामकाे ?
यदि
तिम्रो शिक्षाले –
जागिर खानु मात्रै शिक्षाकाे सार्थकता ठान्छ भने
जीवनमा तिम्रो शिक्षा के कामकाे ?