म ब्रह्माण्डमा उभिएर विशाखा तिर हेर्छु
दुनियाँ बिर्सन्छु जब उसको अँखा तिर हेर्छु
दुलही जस्तै श्रृङ्गार गरेर
जन्ती जस्तै सवार गरेर
वायुपंखी घोडा चढेकी
उ परि हुनुपर्छ
त्यो नक्षत्रकी सुन्दरी हुनुपर्छ ।
मूर्तिकारले भरेका बुट्टाहरू मा
केरकार देख्छु,
कविले कोरेका शब्दहरू
निरस हुन्छन्,
संगीतका शूरहरु
बेसुर सुनिन्छन्,
उ कलाको करि हुनुपर्छ
त्यो नक्षत्रकी सुन्दरी हुनुपर्छ ।
चञ्चल आँखा
गुलाबी ओठ
मृगको जस्तो चाल
सुगन्धित वा मादक स्वास
घना–लामो कपाल
छिनेको कटि
समतलबाट थोरै माथी उठेका
सुन्दर थम्का जस्तै स्तन
समुन्द्रको जस्तै छाल
इन्द्रले वर्षात गरिदिएको
झरी हुनुपर्छ
उ परि हुनुपर्छ
त्यो नक्षत्रकि सुन्दरी हुनुपर्छ ।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।