गरिबको लागि महँगो
अनि धनीको लागि सस्तो
यो पैसा चिज कस्तो !
हुनेहरूको समस्यालाई मेटाइदिने
दुःखहरूलाई हटाइदिने
अनि
नहुनेहरू को सुखलाई टाढा बनाइदिने
र खुसीलाई मारिदिने
गरिबलाई महँगो र धनीलाई सस्तो
साथी यो पैसा चिज कस्तो !
हुँदा,
आफन्तहरूलाई नजिक ल्याउने
दुश्मनहरूलाई मित्र बनाउने
फेरि नहुँदा,
त्यहीँ आफन्तहरूलाई टाढा पार्ने
मित्रलाई दुश्मन बनाउने
गरिबको लागि महँगो र धनीको लागि सस्तो
आखिर यो पैसा चिज कस्तो !
संसारको दुःखको कारण
अनि फेरि सुखको निवारण
साहुलाई ठूलो घरबारी
अनि मोहीलाई ऋणको भारी ।
संसारका आठौं रहस्य
र विश्वको सबै व्यक्तिहरूको लागि
सबैभन्दा प्रिय वस्तु
कहिले नि हुँदैन
यसको अत्तो र पत्तो ।
भन मित्र
गरिबको लागि महँगो र धनीलाई सस्तो
आखिर यो पैसा चिज कस्तो !!
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।