गरिबको लागि महँगो
अनि धनीको लागि सस्तो
यो पैसा चिज कस्तो !
हुनेहरूको समस्यालाई मेटाइदिने
दुःखहरूलाई हटाइदिने
अनि
नहुनेहरू को सुखलाई टाढा बनाइदिने
र खुसीलाई मारिदिने
गरिबलाई महँगो र धनीलाई सस्तो
साथी यो पैसा चिज कस्तो !
हुँदा,
आफन्तहरूलाई नजिक ल्याउने
दुश्मनहरूलाई मित्र बनाउने
फेरि नहुँदा,
त्यहीँ आफन्तहरूलाई टाढा पार्ने
मित्रलाई दुश्मन बनाउने
गरिबको लागि महँगो र धनीको लागि सस्तो
आखिर यो पैसा चिज कस्तो !
संसारको दुःखको कारण
अनि फेरि सुखको निवारण
साहुलाई ठूलो घरबारी
अनि मोहीलाई ऋणको भारी ।
संसारका आठौं रहस्य
र विश्वको सबै व्यक्तिहरूको लागि
सबैभन्दा प्रिय वस्तु
कहिले नि हुँदैन
यसको अत्तो र पत्तो ।
भन मित्र
गरिबको लागि महँगो र धनीलाई सस्तो
आखिर यो पैसा चिज कस्तो !!


