Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » कथा: बेड नं २७

कथा: बेड नं २७

आख्यान - कथा
अनामिका सजलअनामिका सजलअशोज २८, २०८१1K Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

“ऐया नि आमा ,मरेँ ”

पल्लो छेउको बेडमा भर्खरै एउटी महिलालाई आइ. सि. यू. बाट वार्डमा ल्याइएको छ । तीस, पैँतीसको हाराहारीमा छ उनको उमेर । प्रसुती वार्डमा सुत्केरी दिदीको रेखदेखमा खटेको छु । वार्ड भरि बच्चाहरुको कोकोहोलो छ । कहिले कुन बच्चो च्याँ गर्छ, कहिले कुन बच्चो च्याँ गर्छ र वार्डको मौनता भङ्ग गर्छ । एक किसिमको जुहारी चलिरहन्छ, भर्खरै बाहिरी संसारको स्पर्श गरेका कलिला नन्ना मुन्नाहरुको ।

दुई रातको निन्द्रा र दौडधुपको थकानले लखतरान भएर झप्प मात्रै भएको थिएँ । ती महिलाको क्रन्दनले जुरुक्क उठायो । अक्सर प्रसव वेदनाले शिथिल भएका महिला निदाएका हुन्थे, बच्चाहरुको चिरबिरे रुवाईले पनि नबिउँझाउने थकाइ हुन्थ्यो आमाहरुमा ।

औषधी र सलाइनको बोतल मिलाएर नर्सहरु नियमित कर्ममा लागे । ती महिलाको करुण रोदनले बिथोलिएको मेरो निन्द्रा फर्किएन र म उनको छेउमा पुगेँ । यताउता हेरेँ , कतैपनि बच्चा नदेखेपछि लाग्यो मिस क्यारेज रहेछ । उफ्, एउटी आमाको लागि यो कति पीडादायी छ , मैले भोगिसकेको छु । उनी पूरा होशमा थिइनन् र तन्द्रामा बर्बराइरहेकी थिईन् ।

“नाईं, मलाई छोड्देउ ”

“मलाई छोड्देऊ ”

निकैबेर पछि एउटा कालो मोटे केटो आयो, औषधीको झोला बेड नजिकैको स्टोर टेबलमाथि फ्याँक्यो अनि भुइँमा बसेर टिफिनको खाना झिकेर खायो । मानौं ऊ महिनौंदेखि भोकाएको थियो र उसले आज मात्रै भातको थाल भेटेको हो ।

एकदम भद्दा किसिमले खाएर म्याट ओछ्याएर सुत्यो । म अवाक् हेरिरहेँ ।

मनमा अनेक प्रश्नका छालहरु उठे र बिस्तारै किनार लागे । बच्चाहरुको तीखो रुवाई आज नमिठो लाग्यो । त्यो बच्चा विहिन सुत्केरीको मनमा के बित्दो हो यी बच्चाहरुको चिरबिरले बरु अर्कै वार्ड सारिदिए पनि हुने जस्तो लाग्यो । त्यो मोटे उसको लोग्ने रहेछ । रातभर एकपटक पनि उनको निधार छोएन, हात समाएन र भनेन कस्तो छ तिमीलाई ?

अस्पताल ल्यायो ,ज्यान बचाइदियो र लोग्ने हुनुको धर्म निभायो । कर्तव्य पूरा गर्नु र प्रेम गर्नु एउटै हो ?

यहाँ अधिकांश पुरुष कर्तव्य परायणलाई पुरुषत्व ठान्छन् । जुन प्रेम हृदयको कुनो रसाएर अनवरत प्रवाह हुन्छ, त्यसलाई अधिकांश महिलाले महसुस गर्नै पाउँदैनन् ।

बिहानै तातो सुप ल्याएर खुवाएँ । अलिअलि घामको न्यानो बढेपछि हस्पिटल बाहिरको चौरमा गयौँ । अप्ठ्यारो गरेर बिस्तारै हिँडिन् ।

” कति महिना भएको थियो ?”

” सात महिना नाघिसकेको ”

” पहिलो हो कि ?”

” आठ वर्षकी छोरी छ”

” फेरि छोरी जन्माउन दिएनन् ?”

उनी मेरो काखमा घोप्टो परेर घुँक्क घुँक्क गर्न थालिन् । मलाई उनको आलो घाउ चलाइदिएकोमा खुब पछुतो लाग्यो । नसोधेको भए पनि हुने ।

” यस्तो बेला रोएर कमजोर नहुनु त ”

मैले उनलाई उठाउँदै आँसु पुछिदिएँ ।

चार पाँच दिनको अस्पताल बसाइमा हामी निकै नजिकियौँ । म दिदी र उनको बराबर रेखदेख गर्थेँ ।

उनको लोग्ने भनौदो कैदीलाई जस्तो रातभरि कुर्थ्यो र बिहानै देखि हराउँथ्यो फेरि साँझमा आउँथ्यो, खान्थ्यो र सुत्थ्यो ।

कस्तो छ भनेर सोध्नु त परको कुरा, एकपटक पनि स्वास्नीको मुख हेरेको देखिनँ । म उसको लोग्नेको आँखाभरि स्वास्नी प्रति घृणा मात्रै देख्थेँ । यति धेरै घृणामा पनि लोग्ने स्वास्नीको सम्बन्ध हुन्छ ?

विदेश गएको तीन वर्षपछि लोग्ने घर आउँदैछ । मनमा काउकुती चल्नुपर्ने हो । कतिखेर भेटुँ र अंगालो हालेर मनभरि रुनु पनि नभएको होइन तर घरिघरि लाग्ने वाकवाकी र रिंगटाले सन्तोषको सास फेर्न दिएको छैन । के गरुँ र कसो गरुँ सोच्दा सोच्दै आउँछु भनेको भन्दा छिटै आइपुगेको लोग्नेलाई देखेर खुसी हुनुको साटो खङ्रङ्ग हुन्छे प्रमिला । प्रमिला अर्थात् बेड नम्बर सत्ताइसकी बिरामी । जसको सात महिनाको गर्भ आफ्नो नभएर अरु कसैको पाप हो भन्ने थाहा पाएपछि लात्तै लात्ता बजारेर तुहाइदियो र बलात्कार गर्यो सबैको सामुन्ने नाङ्गेझार पारेर । त्यो त्यहि लोग्ने हो जसले रक्त मुच्छेल शरिरसँग स्वास्नीको निरिहता र शिथिलतासँग विजय हासिल गर्यो र लोग्ने हुनुको मर्यादा बचाउन अस्पताल पुर्यायो ।

प्रमिलाले यौवनको डाह मेटाउन पर पुरुषसँग सम्बन्ध राखेर यस्तो भएको थिएन । बरु पर पुरुषले आफ्नो हवस नियन्त्रण गर्न नसक्दाको परिणाम थियो त्यो गर्भ । त्यो पुरुष अरु कोही थिएन , बाउ समानको ससुरो थियो । गाउँ समाजको अगुवा । जो अगुवा उहीँ बाटो हगुवा भएपछि कसको अनुशरण गर्ने ? कसले निसाफ दिने ?

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

अनामिका सजल कथा बेड नं २७

यो पनि पढ्नुहोस्...

कथा : स्वच्छन्द

कथा: प्रेमको घोषणापत्र

कथा: निर्मलाहरू

लघुकथा: प्रतिप्रश्न

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

छोटा कथा: गणतन्त्रको उपहार

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

कथा: सपना

भर्खरै

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.