मैले उसलाई पुरै विश्वास गरेँ
सुम्पिएँ सारा लाजका गहना
सुम्पिएँ सुख दु:खका सारा समय
पन्छाएँ सारा खुशीका बाटाहरू
पन्छाएँ घर , परिवार र सपनाहरूलाई
र पछ्याइरहेँ उसका पाइला
उसले भने
कहिल्यै हेरेन मलाई विश्वासका आँखाहरूले
कहिल्यै दिएन मनभरि खान लाउँन
जब अरू कोही भेट्यो उसले मस्त यौवनको
ढपक्क ढोका थुनिदियो मेरो बाटोको
म अहिले
त्यही गजबारको आग्लो हल्लाउँदै चिच्याइरहेछु-
खोल ! ढोका खोल !! ढोका खोल!!!
उ नसुनेझैँ भित्रतिर खित्का छोडेर हाँसिरहेछ
म सधै सत्मार्गमा हिँडिरहेँ र हारिरहेँ
उ सधैँ झुठो बाटोमा हिडिँरह्यो
र पनि मलाई नाजबाफ बनाइरह्यो