Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » समय प्रेम

समय प्रेम

काव्य - गद्य कविता
सुष्मा दाहालसुष्मा दाहालकार्तिक २, २०८१874 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

कठाेर बनेर जम्दाजम्दै
पत्तै नपाइ नौनी झैं पग्लिएर
म पटकपटक बनेकाेछु
गहिरो समुन्द्र
तलाउ झैं शान्त र स्थिर बनेर
पर्खिँदापर्खिँदै थकित भएर
म पटकपटक बनेको छु
आगाे भन्दा तातो सूर्य

मलाई राम्रोसँग थाहा छ,
तिम्रो दिलबाट खसेपनि
दिमागबाट खसेपनि तिमीले गर्ने
कथित सम्बाेधनका अक्षरहरुले
मलाई बगाउने छैनन् अब पानी जसरी
पाेल्ने छैनन् अब आगाे जसरी
किन कि अब म स्वयंमा समुन्द्र निहित छ
किन कि अब म आफै भित्र रापिलाे घाम अटेकाे छ
तिम्रो ओठबाट जति पानी निस्किए पनि
अब
मलाई डुबाउनेछैन
किन कि म अब आफै महासागर बनेकोछु
तिम्रो हृदयबाट जति आगाे निस्किए पनि अब मलाई जलाउने छैन
किन कि म अब आफै अग्नि पुञ्जभन्दा रापिलाे घाम बनेको छु।

प्रिय समय ,
म तैरिरहन चाहान्छु
तिमीले नै प्रेषित गरिदिए झैं लाग्ने
तरल शब्दहरुको अत्यास लाग्दाे भंगालो माथी
म डुब्दै उत्रदै लुकामारी खेलिरहन चाहन्छु
तिमीले नै अख्तियारी दिए झैं लाग्ने
जिन्दगीका सरल हुँदै बक्र लाग्ने
बक्र हुँदै सरल लाग्ने असङ्ख्य घुमाउनेहरुमा

आफ्नै सपनाहरुको चिहानभित्र आफू
पुरिनुपर्ने
समयसंगकाे प्रेमकथाभित्र घरि जिउँदो
त घरि मृत झैं लाग्ने एक
अकिन्चन पात्र झै मञ्चित म
तिमीले प्रहार गरे बग्दाबग्दै प्रवाह बिर्सेको
हिमनदी माथि तैरिदै बिलाउँदै गर्ने
हिमशिला झैँ बनुँला
या त प्रचण्ड गर्मी यामकाे बडाे तेज प्रवाहमा
बग्ने नदी झैं चिसो सिरेटाेसंगै बगुँला
कि त भावरकाे डुँडुवा झैं कतै डुब्दै कतै
अस्ताउँदै बिचित्रलुकामारी झैं अस्तित्व देखाउँला।

हुन त निर्विकल्प छु समयकाे सम्बाेधनसंग
जीवनकाे अनिश्चित यात्रामा
जीवनलाई पच्छ्याउन जस्तो मार्ग प्रसस्त गर्छ समयले
त्यसबाटै पाइला चल्नेछन्
याे बेला मसगँ पनि हुनेछैनन्
राेकिन अल्झिनका लागि कुनै
विकल्प र बाहानाहरु
जे जे पर्छ स्विकार्दै ,जस्तो जस्तो पर्छ
मुकाबिल्ला गर्दै निर्विकल्प प्रेम गरिरहुँला
जीवनकाे सुन्दर लयसंग
अपेक्षा छ तिमीसंग
बन्न नदिनु तिमीले
तिमीसंगकाे प्रेमलाई
काेमल हृदयमा गडेकाे
जसरी नि मेटिनैपर्ने दाग
बरु दिनु हिम्मत र धीरता
म त्यै दागलाई सिंगारेर फुलाउन सकुँ
एक अत्तरदार सुन्दर फूल
जाे मगमगाइरहाेस् अनन्त अनन्तसम्म
अजम्मरी प्रेमकाे नझर्ने थुँगाे बनेर।

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

गद्य कविता सुष्मा दाहाल

यो पनि पढ्नुहोस्...

कविता: म साक्षर उज्यालोको खोज्दै छु

कविता: समय पीडा

कविता: अर्थमै चित्त जाओस्

कथा: निर्मलाहरू

कविता: सपनाको भोक

नम्रता बरालका पाँच हाइकु

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

कथा: सपना

भर्खरै

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.