“ए जुठे !
के काम गर्छस् अचेल ?
यतै छस् की मुङ्गलान तिर छस् ?”
– पण्डित मुर्खमणीले जुठे तिर डेरा आँखाले हेर्दै भने।
“म अचेल लाहुरे भएको छु गुरू बा”
-जुठेले बडो विन्रमतापूर्वक बतायो।
“लाहुरे भएको छु ! अनि के गरिस् त लाहुरे भएर ?
तेरा बा लतरे जाडोमा थरथर गरेको देख्छु।”
मुर्खमणीले फेरी जुठे तिर धार्ने हात लगाउँदै भन्यो।
“होर गुरू बा ?
-श सटिकमा सोध्यो।
“के मैले ठट्टा गरेको सुन्याछस् तँ पाजिले ?”
– मुर्खमणी रिसाए झैँ गर्यो।
“होइन हजुर कीन ठट्टा गर्नु हुन्थ्यो। बरू मैले कहिले देख्नु भएको हो भन्न खोजेको।” जुठे प्रंसङ् घुमायो।
“कहिले देखिन मैले भन् त, तेरो बालाई त समय-समयमा देखिरहन्छु। यस्तो छोरा भएर पनि स्वर्गमा पुग्न सकेन लतरे, उसको आत्मा भड्कीरहेको देख्छु।”
-मुर्खमणीले खिसी गर्दै भन्यो।
“गुरू बा ! मेरा बाबालाई स्वर्ग पठाउँन के गर्नुपर्ला ?”
-जुठेले व्याकुल भएर सोध्यो।
“हो बल्ल आइस असली कुरामा । अब त लाहुरमा कमाउँन थालेको छस् । यहीबेला हो बाको इच्छा पुरा गर्ने । तेरा बालाई स्वर्ग पुराउँन खुब दानपुन्य गर्नुपर्छ सम्झिस्।
नयाँ -नयाँ लुगा, सिरक डसना, पलङ्ग सक्छस् भने सुन चाँदी, खेत बारी दान दिएपनि हुन्छ।”
-मुर्खमणीले सबै कुरा बतायो।
“हजुर त महान व्यक्तित्व होइबक्सिन्छ । यत्ती भन्दिनु होस् अहिले सम्म कति जनालाई स्वर्गमा पुराउँनुभयो हजुरले ?”
– जुठेले बुझ्न खोज्यो।
“कती पठाएं-कती”- उसले भन्यो।
“त्यसो भए स्वर्ग र नर्कमा पठाउँने शक्ति हजुरमा रहेछ। मेरा बाबालाई पनि स्वर्गमा पठाइ दिनुहोस् है”
– जुठेले भन्यो।
“दान पुन्य गरे पछि बिचार गरौँला नी !”
-मुर्खमणीले भन्यो।
*********
“खुसिको कुरा आज राती मेरा बाबालाई मैले पनि देखें सपनीमा हजुरको खुबै प्रसंसा गर्नुहुन्थ्यो।”- जुठेले भन्यो।
“किन नगरोस् मेरो प्रसंसा सधै सहयोग गर्थें मैले।”-मुर्खमणी खुसी हुँदै भन्यो।
“तर हजुरलाई दान दिएको थाल बटुका बाले पाउँनु भएन, प्रलोकमा पनि नियम बदलियो भनेर जानकारी गराउँनु भएको छ।” -जुठेले भन्यो।
“कस्तो नियम ?” -मुर्खमणी आश्चार्य भयो।
“अब दान जसलाई दिएपनि तातो पन्युले डामेपछि बल्ल मिल्छ भनेर भन्नु भयो।” -जुठेले निदार चाउरी पार्दै भन्यो।
“धैत् त्यस्तो पनि हुन्छ त नियम ?” – मुर्खमणी गर्धन बटार्दै भन्यो।
मसँग कहिल्यैँ झुट बोल्नु हुँदैन बाबा । मैले त एकपटक
दान पुन्य गर्दा अवश्य पनि डामनु पर्छ।” – जुठेले भन्यो।
“जुठे मलाई पन्युले डामेर तेरो बालाई मिल्दैन । न कसैलाई दिएको मरेकालाई मिल्छ। यो सबै पाखण्ड पन हो।” -मुर्खमणीले सबै यथार्थ बताउँन थाल्यो।