धर्मशालामा बास बस्न पुगेका तीर्थालुहरू भएको ठाउँमा साँझपख केही भद्र जस्ता देखिने मानिस प्रवेश गरे ।
`तपाईँहरूको तीर्थयात्रा सफल र फलदायी बनोस् !′ एउटाले शुभकामना दियो ।
`टाढाबाट आउनुभएको छ । अलि सावधानी अपनाउनुहोला ।′ अर्कोले सचेत गरायो ।
`आफ्ना पैसा र गरगहना सुरक्षित साथ राख्नुहोला । तैपनि पिर चाहिँ नमान्नू केही परे हामी छौँ ।′ अर्कोले ढुक्क बनायो ।
“उनीहरूले यस्तो बोल्दै गर्दा कसैले पाइन्टमा भएको पर्स छामे, कसैले कमिजको गोजी खोतले त कसैले घाँटी चेक गरे । भर्खरका महिलाहरूले मनीब्यागमा हात पुर्याए, वृद्ध महिलाहरूले पटुकामा हात घुसारे र सबैले आफ्नो चिज सुरक्षित भएको महसुस गरे ।”
“तीर्थालुहरूले सोचे – ‘सायद यी यहाँका कर्मचारी हुनुपर्छ । यिनलाई हाम्रो सुरक्षाका बारेमा यतिबिघ्न चासो रहेछ ।’
रात छिप्पिएपछि केही नकावधारीहरू आए । साँझमा पाइन्टको पर्स छाम्नेसँग पर्स खोसे । कमिजको गोजीमा हात पुर्याउनेको गोजी खोतले । घाँटी छाम्नेको सिक्री चुँडाले । तत्तत् व्यक्तिहरूले अघि साँझ गरेको क्रियाकलापका आधारमा कसैको मनीब्याग उछिट्याए अनि वृद्ध महिलाहरूको पटुकामा समेत हात घुसार्न भ्याए ।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।