Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२

गजल श्रृङ्खला – 17

जेष्ठ १७, २०८२

मुक्तक श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » ताङतिङको सुन्दरता

ताङतिङको सुन्दरता

गैर आख्यान - नियात्रा
भूमिका गैरे तिमिल्सिनाभूमिका गैरे तिमिल्सिनाकार्तिक ६, २०८१1K Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

“मार्गशीर्ष शुभे मासि यायाद्धात्रा महीपति”

मनुस्मृतिमा उल्लेख यस भनाइबाट के स्पष्ट हुन्छ ? भने यात्राको अर्थ गति हो ।

नियात्रालाई यात्रासाहित्य , यात्रावृत्तान्त, यात्रावर्णन, यात्रा संस्मरण भनेर पनि चिनिन्छ । यात्राका क्रममा देखिएका तितामिठा , राम्रा नराम्रा, अनुभव, भोगाइलाई जस्ताको तस्तै वर्णन गरिएको हुन्छ । हामी मानिसलाई पुस्तकका कुराले मात्र पुग्दैन । त्यसबाट सिक्न थाल्यौँ भने व्यवहारिक ज्ञान नहुने रहेछ । हाम्रो जीवनलाई अनुभवमुखी, स्मरणीय बनाउनका लागि पनि यात्राका क्रममा देखिएका हरेक घटनाले सकारात्मक मनोरञ्जन दिएर कुनै पनि ठाउँको भाषाशैली, रहनसहन, भेषभुषा , जीवनशैली, संस्कृतिलाई नजिकैबाट बुझ्न पनि यात्राको महत्त्वपूर्ण भूमिका रहन्छ।

गण्डकी प्रदेशको कास्की जिल्लाको मादी गाउँपालिकको ताङतिङ “प्रकृति र संस्कृतिमा धनी ताङतिङ गाउँ” को अवलोकनीय भ्रमणमा जाने निर्णय गर्यौ । यात्राको लागि कालिगण्डकी करिडोरको बाटो हुँदै जाने निर्णय गर्यौ । २०८० साल कार्तिक २ गते १९ जना शिक्षक साथीहरू बिहान ५:३० मा गाडी चढी यात्राका लागि प्रस्थान गर्यौ । गण्डकी प्रदेश, कास्कीको मादी गाउँपालिका वार्ड नं. २ को ‘ताङतिङ’ का लागि नव निर्मित सडक कालिगण्डकी करिडोर को पहाडी बाटो हुँदै उकालो लाग्यौँ।

गैंडाकोट नगरपालिका हुँदै हामी ढोडेनी बाट अगाडि बड्यौँ । त्यहाँको मुख्य अन्नबालीमा कोदो, मकै, फापर, अदुवा रहेछ । त्यसपछि हामी बुलिङटार गाउँपालिका अन्तर्गतको डेढगाउँमा रहेको अकला देवीको मन्दिर दर्शन गर्यौ । धार्मिक आस्था बोकेकी देवी जहाँ मनले चिताएका कुरा पूरा हुने जनविश्वास रहेको पायौँ । अकला देवीको दर्शन पश्चात् चिया खाजा खाई पुन: यात्रालाई निरन्तरता दियौँ । त्यहाँको मुख्य अन्नबालीमा धान खेती, कोदो, मकै, भटमास रहेछ । लहलहाउँदो धान खेतीले हाम्रो मन नै लोभ्यायो । सिंचाइको राम्रो सुविधा भएकाले धान खेती राम्रो पायौँ । धान पाकेर पहेँलो भई सकेको थियो । पिच सडक, रमाइलो बस्ती, साना ठूला बाक्ला घरहरु थिए । यात्राकै क्रममा डेढगाउँको एउटा बाख्रा फामबाट एउटा पाठो किनी प्राकृतिक आनन्द लिदैँ उकालो लाग्यौँ । पहाडी घुमाउरो अत्यन्त साँघुरो बाटो उकाली ओराली गर्दै अगाडि बढ्यौं । यात्राकै क्रममा घिरिङ गाउँपालिका जहाँ अत्यन्त पातलो बस्ती न्यून जनसंख्या रहेको पायौँ । कच्ची, साँघुरो, घुमाउरो बाटो थियो । बाटो छेउका घरहरुको भग्नावशेष मात्र थिए । धेरैजसो घरमा ताला मात्र झुन्डिएका थिए । त्यो देख्दा लाग्छ, विभिन्न असुविधाका कारण त्यहाँका मान्छेहरु घर छाडेर अन्यत्र बसाइँसराइ भई गईसकेका रहेछन् जस्तो आभास भयो । त्यहाँको मुख्य अन्नबालीमा कोदो, मकै, मास, भटमास हुने रहेछ । त्यस ठाउँमा पानीको असुविधा रहेछ् । यात्राकै क्रममा हामी भिमाद नगरपालिका पुग्यौँ । भिमाद चाहिँ अलि विकसित त्यहाँका बाटो कहीँ पिच त कहीँ कच्ची रहेछ । घरहरु पनि वाक्ला , जनसंख्या पनि बढी रहेको पायौँ । पक्की घरहरु, विकसित परिवेश प्रकृतिको काखमा रहेको भिमाद अत्यन्तै मनमोहक पायौँ । अन्नबालीमा मकै , कोदो, अदुवा, भटमास हुने रहेछ । उच्च पहाडी भेगमा अवस्थित भिमादले हामी सबैको मन लोभ्यायो । त्यहीँको एक होटलमा खाना खायौँ त्यसपछि पोखरा तर्फ अगाडी बढ्यौँ । पोखराको अमरसिंह चोकबाट सिधैं माथि लाग्यौं । बाटो बिराएर हामी पश्चिम तर्फ सिक्लेसतिर लागेको पत्तै पाएनौ । करिब ३० मिनेट उकालो चढेपछि हामी पुन : तल झऱ्यौं । पोखराको काहुँखोलाबाट बसमा करिब ४:०० घन्टाको ठाडो उकालो बाटो लाग्यौँ । पहाडी, घुमाउरो, कच्ची, एकतर्फी बाटो अत्यन्त साघुँरो बाटो रहेछ । आफ्नो ज्यान लाई नै धरापमा राखेर अत्यन्तै जोखिमपूर्ण यात्रा गरी रह्यौं । कहीँ कहीँ स- साना घरहरु , बिचमा हाइड्रोपावर , एकातिर पहाड अर्कोतिर मादी खोला बगेकी छिन् । बेलुका ५:०० बजे बाट बसको यात्रा गरी राती ९:०० बजे हामी ताङतिङ गाउँ पुग्यौँ ।

ताङतिङ गाउँको अर्थ नै रमाइलो गाउँ हुन्छ । कास्की जिल्लाको गुरुङ समुदाय रहेको त्यो गाउँ प्राकृतिक र सांस्कृतिक हिसाबले अत्यन्त धनी गाउँ रहेछ । त्यहीँ गाउँ हुँदै पर्यटकहरु हिउँ खेल्न , लालीगुराँस हेर्न र प्रत्यक्ष हिमालसँग नजिक हुन नौचुडाँडा, क्रबुडाँडा र चोरोडाँडा हुँदै घुम्ने रहेछन् । हिमालको उज्यालो झलमल ताङ्तिङ गाउँ अत्यन्तै रमणीय छ । गण्डकी प्रदेशको कास्की जिल्लाको पहाडी क्षेत्र मादी गाउँपालिका -२ मा अवस्थित समुन्द्री सतहबाट करिब १७०० मिटरको उचाइमा रहेको छ । यसको पूर्वमा लमजुङ जिल्लाको क्लोहासाँथर र मस्र्याङ्दी गाउँपालिका पर्दछ । पश्चिममा सिक्लेस, पार्चे, खिलङ र ताप्राङ गाउँ पर्दछ । उत्तरमा मनाङ जिल्लाको चामे र निस्याङ भ्याली पर्दछ भने दक्षिणमा कास्कीका याङ्जाकोट, सैमराङ लगााएतका गाउँहरु पर्छन् ।
ताङतिङमा २०० घरहरु छन भने जनसंख्या १००० रहेछ । ढुङ्गा र टिनका छाना भएका चिटिक्कका झुरुप्प सुन्दर बस्ती छ । त्यहाँ ९५ प्रतिशत गुरुङ बस्ती र बाँकी दलित मिलेर बसेका छन् । प्रकृति र संस्कृतिको सङ्गम गाउँ अत्यन्तै आकर्षक छ । ताङतिङको फेदीबाट मादी नदी बग्छिन् । गाउँबाट अन्नपूर्ण , लमजुङ हिमाल छर्लंग देखिन्छन् । हिमालको हिउँ पहिरो, पारिपट्टि सिक्लेस गाउँको सिरानमा हिमाल मुस्कुराएको देख्दा आनन्द लाग्छ । त्यहाँका मानिसहरुपनि त्यस गाउँ जस्तै उज्याला, फरासिला, सहयोगी र राम्रो संस्कार भएका रहेछन् । ग्रामीण जीवनशैली, गाउँलेको मुख्य पेशा कृषि, पशुपालन, वैदेशिक रोजगार र पर्यटन व्यवसाय रहेछ । घरायसी उत्पादनका सामग्रीहरु तयार गर्ने रहेछन् । सामुहिक भावना भएका मानिसहरु कोदो रोप्दा, दाउरा खोज्दा, विकासका काम मिलेर गर्दा रहेछन् । गुरुङ भाषा, कला संस्कृति, परम्परा र रहनसहनका हिसाबले ताङतिङ एउटा खुल्ला सङ्ग्रालय रहेछ । आफ्नो संस्कृति झल्कने होटल, होमस्टेका आँगनमा मौलिक वेशभुषामा सजिएर घाटु नाच, झ्याउरे, सोरठी र ठेटर नाच देखाउने गर्दा रहेछन् । स्थानीय उत्पादनलाई खानामा विशेष जोड दिने रहेछन् ।
हामी त्यहीँ गाउँका गणेश बहादुर गुरुङको होमस्टेमा बस्यौं । रात्रीको समयमा हामी शिक्षक साथीहरू आगो बालेर वरिपरि तापसँगै प्रकृतिको आनन्द लिदै बस्यौं । हामीले खाना ११:४५ मा खायौँ र सुत्यौँ । भोलिपल्ट बिहान ५:०० बजे सबैजना चिया नास्ता खाई कोही उकालो ट्रेकिङमा त कोही झर्ना हेर्न सेल्फी डाँडा तर्फ लाग्यौँ ? हामी पदयात्राका क्रममा नौचुडाँडा तर्फ करिब २:०० घन्टाको ठाडो उकालो लाग्यौं । हामीलाई बाटो देखाउदै त्यहाँका विशेषताहरु बताउन गणेश दाइसँगै हुनुहुन्थ्यो । उहाँले हामीलाई हिँड्न सहज होस् भनि सबैलाई एक – एक ओटा लौरो काटिदिनु भयो । गणेश दाइको पछि पछि हामीसबै ठाडो उकालो लाग्यौँ । चारैतिर घना जङ्गल बिचमा सानो साघुँरो खच्चड हिड्ने बाटो थियो । हामीहरु त्यहीँ बाटो उकालो लाग्यौं । चारैतिर लालीगुराँसका बोटहरु , सिलटिमुरका बोट लगाएत विभिन्न औषधिजन्य जडिबुटीका बोटहरुका बिच घुमाउरो बाटो, चराचुरुङ्गीका आवाज, किराहरुको आवाजको आन्नद लिदै, सुनसान जङ्गल तर्फ अगाडि बढ्यौं । हामी नौचुडाँडा पुग्यौँ । त्यहाँबाट प्रत्यक्ष अन्नपूर्ण हिमाल , माछापुच्छ्रे हिमाल, हिमश्रृंखलाको अवलोकन गऱ्यौँ प्रकृतिसँग केहीबेर रमायौँ । त्यो जङ्गलको ऐतिहासिक क्षेत्र, धार्मिक वन भएको मान्यता रहेछ । शिकारी चराहरु, ध्वाँसे चितुवा, थार आदि जङ्गली जनावरहरु त्यस जङ्गलमा हुँने रहेछन् । हिमाललाई नजिकैबाट नियाली सकेपछि हामी केही तेर्सो उकालो बाटो लाग्यौँ । केही माथि पुगेपछि ढुङ्गाले बच्चा जन्माउने ठाउँमा पुग्यौँ । गणेश दाइको भनाइ अनुसार त्यहाँ पहिला जम्मा दुई ओटा ठूला ढुङ्गा थिए रे ? त्यसपछि क्रमशः एक पछि अर्को गर्दै अहिले साना ठूला गरी ४०/५० ओटा ढुङ्गा रहेको हामीले प्रत्यक्ष देख्यौँ र सोही कुराको जानकारी पनि पायौं । त्यसपछि हामी अर्को बाटो ओरालो झर्दै होमस्टे तर्फ लाग्यौं । करिब १०:३० मा हामी होमस्टेमा आई खाना खायौँ । त्सपछि ११:०० बजे हामी गाडी चढी त्यहाँबाट पोखराको फेवाताल तर्फ लाग्यौँ । फेवातालको बिचमा रहेको तालबाराही मन्दिरको दर्शन गर्न डुङ्गा चढी गयौँ । बाराही मन्दिरको पुन: निर्माणको क्रममा काम भई रहेको रहेछ । पुरानो मन्दिर भत्काएर नयाँ संरचनाका लागि आर्थिक संकलन, सहयोग र भौतिक संरचना निर्माण कार्य हुँदै थियो । हामीले देवी भगवतीको दर्शन गरी त्यहाँबाट करिब ४:०० बजे ताल बाहिर आयौँ । पोखरामा खाजा खाई करिब ६:०० बजे हामी घर तर्फ फर्कन मुग्लिनको बाटो हुँदै आयौँ । बिच बाटोमा गाडी बिग्रेको कारणले केही ढिलो भयो । करिब ११:४५ मा खाना खाई हामी बिहान ३ : ०० बजे सकुशल घर आई पुग्यौँ ।

नेपालमा भएका यस्ता नेपाली गौरव बोकेका संस्कृति एवम् प्रकृतिले भरिपूर्ण गाउँको सबैले अवलोकन गर्नु आवश्यक छ । अहिलेका विद्यार्थीहरुलाई प्रविधिमैत्री मात्र बनाउँनु हुदैन् । तिनीहरुलाई यस्ता संस्कार, संस्कृति र प्रकृतिसँग पनि परिचित गराउनु पर्छ । खुल्ला प्रकृतिसँग रमाएर प्रत्यक्ष अनुभव गराई व्यवहारिक सिकाइ गराउनु पर्छ । अनि बल्ल भावी पिँढीको चौतर्फी विकास हुन्छ । तिनीहरुमा नेतृत्व विकास, संस्कृति र परम्परासँग गहिरो लगाव हुन्छ । तिनीहरूलाई प्राविधिक ज्ञान सँगसँगै व्यवहारिक ज्ञान दिनुपर्छ । नेपाल एक बहुधार्मिक, बहुसांसकृतिक, बहुभाषिक र बहुजातीय परम्पराले सुसज्जित एक समृद्ध मुलुक हो । यो सबैको साझा फूलबारी हो ।

राज्यबाट यस्ता स्वदेशी पर्यटकीय स्थललाई प्रवर्द्धन र संरक्षण गर्नु आवश्यक छ । विकासका पूर्वाधारहरु पुऱ्याई स्वदेशी तथा विदेशी पर्यटकलाई आवतजावतमा सहजता प्रदान गर्नुपर्छ । जसले गर्दा आयआर्जन गर्न सकिन्छ । पक्की सडक, दोहोरो गाडी गुड्न मिल्ने बाटो फराकिलो बनाउनु पर्छ । सडक बिस्तारका लागि सरोकारवालाको ध्यान जानुपर्छ । नेपालका यस्ता पर्यटकीय, धार्मिक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक महत्त्व बोकेका विभिन्न सम्पदा र गौरवलाई नेपालमा मात्र नभई विश्वका हरेक कुनामा पुऱ्याउन आवश्यक छ ।

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

नियात्रा भुमिका गैरे तिमिल्सिना

यो पनि पढ्नुहोस्...

निबन्ध : एउटा विशुद्ध प्रेम कथा

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

कथा: सपना

संस्मरण: दादा, तिमी किन रोएको? नरुनू, म छु…

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

कथा: सपना

भर्खरै

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२

गजल श्रृङ्खला – 17

जेष्ठ १७, २०८२

मुक्तक श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.